Skip to content

editor

घर सफा राख्नलाई आगन

घर सफा राख्नलाई आगन, फोहोर गरेको छ।
त्रासले यसै पनि मनोबल, कमजोर गरेको छ।

कोरोनाको संक्रमणबाट बच्न, भन अब के गरूँ
घरबाट बाहिर कोही, ओहोर दोहोर गरेको छ।

SujanTimalsina

तिम्रो दिलको गोरेटोमा

तिम्रो दिलको गोरेटोमा जाने बाटो खोज्दैछु
मनको कुना कुना तिम्रै नाम खोज्दैछु

शरण दिने शरणार्थी हर्पल आफ्नो वरिपरि
मन भित्र बास दिन हृदयी रोज्दैछु

कट्फर जिन्दगी

तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर ।

‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ वहुधा मानिसहरू अल्झने भनेको यसैमा हो । आफ्नो जीवन कुन र कस्तो शैलीमा बाँच्ने भन्ने छुट सबैलाई हुन्छ । मानिस बन्धनमा होइन स्वतन्त्र भएर जिन्दगी जिउन चाहन्छ । सफा नीलाकाशमा स्वच्छन्द वेग हान्दै उड्ने चरी पंक्षीजस्तै हुने रहर उमेरमा जसकसैको हुन्छ । तर जब उमेरका सरहद नाघेर मानिस बुढ्यौलीका फालकमा आइपुग्छन् अनि उसलाई जीवनको माने मतलव थाहा हुँदो रहेछ । उमेरमा अल्छी र बुढेसकालमा जाँगरिला मानिसहरू धेरै देखिन्छन् । सायद् तिनीहरूले भोगेर सिकेको हुनुपर्छ ।

अनुरागक डोर (गजल)

मोहिनी छै अनुरागक डोर अँहु त तनिते हायब
दुरी सँ दुर दु मीत सही मोन सँ त मानिते हायब

मेसेज नहि हमरा नहि एक कल फोन सही
घरीघरी खोलि मोबाइल अँहु त देखिते हायब

दुई मुक्तक (आउदिन होला फर्केर)

१)
आउदिन होला फर्केर कोरोनाको लहरमा पुगेछु
जताततै देख्छु मान्छेको लास कहरमा पुगेछु
आमा घर आउन पाउँदिन मनमा दुःख नमान्नु है
कर्मको बाध्यताले आज कोरोनाको जहरमा पुगेछु ।

जसले तिमीसँग

जसले तिमीसँग अरुको कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ

चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले होइन, सधैँ गफैले पूरा गर्ने
जसले तिमीसँग अरुको नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ

दुई मुक्तक (जब मन्द मुस्कान छर्यौ)

१.
जब मन्द मुस्कान छर्यौ अनि लठ्ठिएँ म
आँखा सङ्काइ नजिक् सर्यौ अनि लठ्ठिएँ म
दुनियाँको आँखा छारो हाल्नलाई मात्र
मुख बिगार्दै आँखा तर्यौ अनि लठ्ठिएँ म

यमराजको सजाय

‘मान्छेले धर्म गर्नुपर्छ । धर्म गरे स्वर्ग गइन्छ र पाप गरे नर्कमा परिन्छ । नर्क पर्नेहरुलाई यमराजले आगोको भुङ्ग्रोमा नाङ्गै खुट्टाले हिंड्न लगाउँछन् । ततातो आगोमा हुत्याई दिन्छन् र तिखो झिर रोपीरोपी सजाय दिन्छन् । धर्मशास्त्रको आदेश नमान्नेहरू सबै अधर्मी, पापी हुन् र यिनीहरू यमराजको सजायको भागिन्दार हुने छन् ।’ यस्तै प्रवचन दिन्दा दिन्दै एकदिन धर्मगुरुको मृत्यु भयो ।

मेरो गाउँको भानु जयन्ती

ठुला ठुला शहरहरूमा
ठुला बडा साहित्कारहरूको जमघटमा मनाइने
भानु जयन्तीभन्दा
गाउँ घरमा श्रद्धाको दियो बालेर,
आशीर्वादको टीको लगाई
गाउँलेहरूकै उपस्थितिमा मनाइने
मेरो गाउँको भानु जन्ती मलाई राम्रो लाग्छ,

BabitaKarki

भ्रष्टाचार

सर्वत्र संकटको कालो बादल छाएको बेला
कोही पैसाले मात्तिएको छ
गरीबका चुलामा आगो बलेको छैन
तर पनि
माहोल तात्तिएको छ
युवाहरू एक भई जुटेका छन्
आज क्वारेन्टाइनमै मर्न पर्ने अवस्था आयो
त १० अर्ब खै ?

हाँडी (बालकविता)

पहिले पनि काली अहिले पनि काली
मकै भुट्ने हाँडी ल्याइयो यसैपालि

चक्र घुमाएर माटो राखेपछि
गिलो-गिलो बन्यो पानी चाखेपछि
कुमालेले जब यसमा सीप दियो
गोलो आरीजस्तै आकार पनि लियो

हजुर गर्नुहुन्छ अनेक काण्ड

हजुर गर्नुहुन्छ अनेक काण्ड, मलाई भन्नुहुन्छ
पूराण सकेपछि केही खण्ड, मलाई भन्नुहुन्छ

हिउँ पगालेर श्रोत जुटाउन, धेरै लागि परेको छु
प्यास मेट्न धाउनुपर्छ कुण्ड, मलाई भन्नुहुन्छ

SureshChhetri

आमाको सम्झना

संसारभरि खोज्दा पनि भेट्नै गाह्रो पर्छ
एकै छिन सम्झिँदा नि मेरो आँसु झर्छ
तिमी कतै यतै छ्यौ कि देखेजस्तै लाग्छ
मनभित्र नियाल्दा नि दुःख सबै भाग्छ ।

हाँस्थ्यौ तिमी दुःख लुकाई पीर निलिदिन्थ्यौ
असीमित इच्छा तिम्रो मुठीभित्र लिन्थ्यौ
महान हौ प्यारी आमा सन्तान भए धेर
जति सन्तान हुँदा पनि फालिनौ है खेर ।

SangeetaPriyambadaLuitel

प्रकृति

विश्वको सुन्दर सपना बोक्ने हामी ती आत्मा हौँ
जागेर हामी विश्वलाई नै आश्चर्य पारिदिऊँ
मङ्गल गीत गाउँ न हामी सबैका हितमा
निरोगी बाँचुन् जीवात्मा सब सबैका प्रीतमा ।

कसैले पनि नपाउन् दुःख पृथ्वी भरिमा
सुखले बाँचुन् यो जगतभित्र यसमै छ गरिमा
कल्याण गरौँ सक्दो सबको नगरौँ तिरस्कार
नत्र नन्म हुने छ हाम्रो त्यसै नै बेक्कार ।

कस्तो हुन्छ भनेर (बाल कविता)

कस्तो हुन्छ भनेर
बाको टोपी लगाएँ
आँखा जम्मै छोपियो
अँध्यारो भो, डराएँ

कस्तो हुन्छ भनेर
बाको चस्मा लगाएँ
फननन्न रिँगायो
आत्तिएँ र कराएँ

मान्छेको मन

मान्छेको मन
नियम र विधिले कहाँ बाँधिन्छ र ?
पातपातै हाँगाहाँगै निस्फिक्री भएर
रनबन चाहार्दै डुलिहिँड्छ ।
संसारको कुनाकुना अनुभुत गराइदिन्छ
देखे सुने जति सबै सबैको
मान्छेलाई धकेलिदिन्छ त्यतैतिर
जहाँ मन परेको हुन्छ, मनले इशारा गरेको हुन्छ ।

स्पेस

म कहिलेकाहीँ सोच्ने गर्दछु
यदि, यो पृथ्वीमा मान्छेभन्दा पनि धेरै
बस्तुहरू हुने भने यी मान्छेहरू
कहाँ जान्थे होला?

र यो आकाश धेरै नै तल खस्नु भने
सास फेर्न कति गाह्रो हुन्थ्यो होला?