Skip to content

editor

सञ्जीवनी बुटी

आज म बिहे गर्दै छु
हो, आज म भित्र्याउँदै छु जीवनसङ्गिनी
एउटी हैन, एकै पटक, एउटै लगनमा
तीन, तीनवटी बेहुलीहरू
जग्गेमा मेरा वरिपरि हुन्छन् उनीहरू
सरस्वती, लक्ष्मी र दुर्गा

तिमी खुकुरी मेरो जीवन हेर अचानो

तिमी खुकुरी मेरो जीवन हेर अचानो छ
रित्तिइसके आँसु, भन्छौ आँखा ओभानो छ

ऊ केजी होइन क्विन्टल, टनको कुरा गर्छ
आफूलाई पछ्याउने उही पाथी छ मानो छ

हाकिम साबको ब्रिफिङ

नेपालको राजनैतिक नेतृत्व, बौद्धिक वर्ग, मानव अधिकारवादी र सचेत नागरिकहरूको बर्चस्व भएको नेपालको राजधानी काठमाडौ राजधानीको मुटुमा अँझ भनौ देशको बागडोर सम्हालेका कैयौ प्रधानमन्त्री र मन्त्रीहरूका बिविध योजना सहित समुन्नत सुन्दर नेपाल बनाऊन अहोरात्र निरन्तर खटिरहेको सिंहदरबार ! र ठ्याक्कै सिंहदरबार अगाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको गेटबाट भित्र पस्ना साथ बायाँपट्टिको भवनको एकतला माथि एस एस पी साबको कार्यकक्ष बाहिरको वरण्डामा उनको सुरक्षामा खटिएको अंगरक्षक उभिइरहन्छ ।

फेसबुक पूराण

त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव

प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो ।

GitaDahal

संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’

भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलत: कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेञ्चर’ले ।

मैले पिएको बेला

जति मदिरा पिउँदै जान्छु
उति नै पेटभित्रका कुराहरू
एक एक गरेर बाहिर निस्कन थाल्छन्,
ती मध्ये केही राम्रा हुन्छन्,
केही नराम्रा पनि हुन्छन्,
ती मध्ये केही रमाइलो,
केही विरक्तलाग्दो हुन्छन्,

हामी नेपाली हाम्रो नेपाल

नेपाल हाम्रो साझा फुलबारी हामी नेपाली सयौंमा थरी
अनेक रङ्ग विरङ्ग भएकै सौन्दर्य भर्ने भाव हो एउटै
अनेकतामा एकता ल्याउने शान्त र सभ्य देश बनाउने
दाजु र भाइ, दिदी र बहिनी एउटै परिवार हामी नेपाली
सुन्दर र शान्त हाम्रो यो देश, हाम्रो नेपाल हाम्रो छहारी ।

बाह्र महिना

वैशाख लाग्दा रुखैरुखमा
पालुवाको खानी
जेठ हिँड्छ चर्को घाममा
न्यास्रो मानी मानी

पानी पर्दा ओढ्ने छाता
असारमा चाहिन्छ
साउनको सङ्क्रान्तिमा
तिउरी लाउन पाइन्छ

सुन्दर

“तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?”

संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउँछन् । सुन्दरतापट्टि द्रष्टाका लोचनहरू एकाकार हुँनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीहरुउपर हामी प्रेममय भाव मात्र ब्याक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउँछौँ । यो हामी मानिसको सजीवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि !

कसैलाई खरानी, कसैलाई कोइला

कसैलाई खरानी, कसैलाई कोइला चाहिएको छ
बालाई आवश्यकता पुर्याउन दाउरा चाहिएको छ

आमाबुबालाई वृद्धाश्रम पुर्याउन दबाब दिने पत्नी
भन्दैछिन् यीनै छोराछोरीको सहारा चाहिएको छ

पन्ना अचम्म पर्यो

धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर माया पाएको थियो ।

एक दिन दिउँसोतिर बुढी राती गाई र कालो गोरु मिलेर आफ्नो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिस उठ्यो । पन्ना दौडदै खेतमा गएर घ्वाँ–घ्वाँ भुक्दै भन्यो– “हैन, तिमीहरूले यो धर्मराज साहूको खेत हो, त्यसको रक्षक म हुँ भन्ने पनि भुल्यौ कि क्या हो ? कि मेरो अपमान गर्न खोजेका हौ ?”

भोक र डाक्टर

झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो ।

रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता नलागेपछि फेरि भिडियो एक्सरे गरेर हेरियो । त्यो मान्छेको पेटमा सुनामीजस्तो मडारिरहेको भोकको डरलाग्दो रुप देखा पर्यो ।

दुई मुक्तक (आफन्त नै, जितिन्छ)

१. आफन्त नै
खुट्टा तान्न अघि सर्ने आफन्त नै हुन्छन्
प्रगतिमा आँखा तर्ने आफन्त नै हुन्छन्
शत्रुले त सफलताका लागि साहस थप्छन्
गिराउन लागि पर्ने आफन्त नै हुन्छन्

कोरोना छायो औँशी ल्यायो

कोरोना छायो औँशी ल्यायो पुर्ने कहिले छाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हाँस्ने चाह छ सबैको, रुने कसलाई मन छ र
मुटु नै मिची छातीमै थिची हाँस्नु पर्यो तर
कोरोना आयो आँसु ल्यायो हाँसो कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

दुई मुक्तक (आमा)

१)
आमालाई वृद्धाश्रम छाडी आएको देख्छु
अचेल छोराबुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकी आमालाई
देख्न नसक्दा बाटोमा फाली आएको देख्छु ।

हावा

संसार हावामा अडेको छ
आजका मानिसहरू
हावामै आश्रित भएको देख्दा
हैन कसरी भन्न सकिन्छ र ।

जिन्दगीलाई थामेको छ, उडाएको छ हावाले
कसैलाई माथि पुर्याएर, कसैलाई पर पुर्याएर
मानिसका कर्म अनुसार
कहिले सुगन्धको, कहिले दुर्गन्धको

यहाँ मज्जा नै मज्जा छ

चलचित्रको अधबैंशे नायकलाई मस्किदै दाइ भन
पल्लाघरे ठिटौले दाइलाई ठुस्किदै अंकल भन
मज्जा नै बेग्लै छ हे उरन्ठेउला तरुनीहरू हो !
नजिकको तीर्थलाई हेला गर
बिरबले खिचडीमा आँखा तरी मर

काठमाण्डूक छठि

नेपाल आ भारतक उत्तर क्षेत्रमे हिन्दूसभद्वारा मनाओल जाएवला छठि पावनि आव नेपालक राष्ट्रिय पर्व भऽगेल अछि । ई महान पावनि नेपालक पहाड़ी क्षेत्र, उपत्यका आओर विभिन्न शहर सभमे निक आस्था, निष्ठा आ धुमधामके संग मनाओल जाइत अछि । एहि पर्वमे भगवान सूर्य देव, पौराणिक षष्ठी माता भगवती, पौराणिक वेदक देवी उषा आ प्रत्युषा (सूर्य देवक कनियाँ)क पूजा कएल जाइत अछि ।