Skip to content

editor

आऊ हामी स्वार्थ मिलाऔं

आऊ हामी स्वार्थ मिलाऔं
मेरो एउटा स्वार्थ
तिम्रो अर्को स्वार्थ
एकै भाँडोमा खन्याएर
नापौं, जोखौं र
स्वार्थी दुनियाँमा
यसको मूल्य खोजौं ।

SadhanaJha

कोही

उ पर आकाशमा नियालेर हेर्दा
ताराहरुझै मानिसहरू छरपस्ट छरिएका छन्

कोही अह्मको दुनियाँमा जलिरहेका छन्
कोही स्वार्थ सिद्धिको लागि लडिरहेका छन्

तेह्र दिनेको व्यथा

ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणको यादव थियो । म उत्तरी भागको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । भूगोल फरक पर्दा र पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भने पनि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।

RamPrasadGautam

आज जानलाई जिद्दी नगर

गोधूलि यो साँझलाई आज मेरो साथमा
वच्चा जस्तै तिमीलाई राख्ने चाह काखमा
फेरि कहिले भेटने हो छैन केही तिम्रो भर
आज जानलाई जिद्दी नगर ।

मलाई तिम्रो प्रतिक्षामा राधा वन्ने मन छैन
सधैं तडपिरहनेलाई प्रेम भन्न तयार छैन
सँगै हुँदा साथलाई साथ दिने कुरा गर
आज जानलाई जिद्दी नगर ।

श्वेत न्याय

जमिनदार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा, हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन् । उनीले धेरै परिवारलाई आश्रय दिनुका साथै उनीहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन् । भलाद्मी, दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन् । शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तान दुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन् ।

रामराज्यमा सीता

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पिडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म अपमान र अवहेलना सहने ? अब नारीहरू साँच्चै जाग्नुपर्छ र समस्त महिलाको रामराज्य स्थापना गर्नुपर्छ ।” मैले उनका एकध भाषण अन्य सभा समारोहमा पनि सुन्ने मौका पाएको छु । उनी यस समाजका एक राजनीतिक प्राणी हुन । सबैले उनलाई एक प्रबुद्ध अध्ययनशील व्यक्तिको श्रेणीमा राख्दछन् । कतिले त उनलाई सुझबुझपूर्ण व्यक्तिको रुपमा भारी प्रंशसा पनि गर्दछन् ।

वात्सल्य प्रेम

साँझको समय थियो । चैते रामनवमी पर्व नजिकिँदै थियो । यस बखत मध्ये तराईको एक सदरमुकाम समेत धार्मिक भएको थियो । चारैतिरबाट आएको भजन–कीर्तन र प्रवचनको ठूल्ठूलो आवाजले कानै खाइरहेको थियो । नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधुरै सुनिन्थ्यो । माइकको ठुलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो ।

मेरी धर्मपत्नी

जब दिनभरि काम गरेर
अनि रातमा गलेर
म घर आउछु ।
तब म सबैभन्दा पहिला
आफ्ना औलाहरू उठाएर
उनका ओठहरुलाई सुम्सुम्याउँछु
मायाले छुन्छु उङ्को दिल
अनि उनका हरेक सम्वेदनशील अङ्गहरू थिच्छु

बझाङी भाषाको संक्षिप्त चिनारी

कुनै पनि राष्ट्रलाई चिनाउन भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषाले नै राष्ट्र, राष्ट्रियता एवं राष्ट्रको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक एवं आर्थिक अवस्था तथा मूल्य र मान्यताहरूलाई चिनाउने काम गर्दछ । तसर्थ नेपाली भाषाले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेको छ । नेपालको धार्मिक, सांस्कृतिक, साहित्यिक, ऐतिहासिक, सामाजिक, आर्थिक, राजनैतिक एवं जातीय अवस्थालाई विश्वसामु चिनाउने काम नेपाली भाषाले गरेको छ । भाषाबिना मानिसको जीवन र राष्ट्र अघि बढ्न सक्दैन । त्यसै प्रकारले नेपाल र नेपालीहरूका लागि नेपाली भाषा महत्वपूर्ण अङ्ग बनेको कुरा सर्वविदितै छ । नेपालको इतिहाससँगै भाषिक इतिहास पनि जोडिएको छ । तसर्थ यहाँ नेपाली भाषा सँगसँगै बझाङी भाषाको संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

LaxmiKantaChaudhari

गणेशा

चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।

‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त !’

दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे ।

बाबा सम्बन्धी गजल

पिता हाम्रा आदिपुरुष हुन् मान्नु पर्छ
राम्रोसँग सम्मान दिन पनि जान्नुपर्छ

सबैभन्दा महान आमा हुन् भन्छौ भने
उनैले समेत मानेको व्यक्ति ठान्नुपर्छ

पिता

म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।

हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।

भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !

हामी भ्रमणका सिलसिलामा विदेशी भूमिमा रहँदा कसैले यसो पछाडिबाट कोट्याएर ‘तपाईंको देश कुन हो ? के तपाईं नेपाली हो ?’ भनेर हामीलाई सोध्यो भने त्यो बेला हाम्रो मनमा हुने खुसीको वर्णन भाषामा गरेर पक्कै पनि सकिँदैन ।

गज्जबको कुरो के छ भने संसारको कुनै पनि मानिसलाई उसको अनुहार, रङ, भाषा, संस्कृति र वेशवुषाले चिनाएको हुन्छ । तपाईं अमेरिका जानुस् या अजरबैजान तपाईंले बोल्ने नेपाली भाषाले त्यो विदेशी भूमिमा रहेका अचिनारू नेपालीलाई स्वत: प्रभाव पार्दछ । त्यसबेला तपाईंहरू अनायासै नजिकिनुहुन्छ जसमा जोड्ने काम भाषाले गरेको हुन्छ ।

BikashChamling

मेरो कलम

मेरो कलम
कुनै बृद्धले टेक्दै हिडेको लौरो
ढुङ्गाहरूका कापमा फसिने
लम्की नसम्झिनु,

नयाँ नियुक्त कर्मचारी
कार्यालयभित्र छिर्नासाथ
हाकिमको अगाडि
थर थर काप्ने खुट्टा नसम्झिनु,

हजुर बिना प्राण छैन

हजुर बिना प्राण छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

अरुकै बारीमा फुलेँ कि भमरासँगै झुलेँ कि
हजुरको मन दुःखाई पराईसँग भुलेँ कि
हजुर बिना चैन छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

यात्रा रहेछ जिन्दगी

यात्रा रहेछ जिन्दगी
जन्मे हुर्केर बढेपछि
निरन्तर हिडिरहेछ जिन्दगी
जिन्दगी न हो,
कसैलाई थाहा छैन
कतिलाई वास्तै छैन
कहिले कहाँ पुग्छन्
कहिले कता पुग्छन्
कहाँ पुगेर अन्त्य हुने हो
अनत: जिन्दगी ।

अहमताको पराकाष्ठा

आज अध्ययन गर्दै जाँदा मेरो अघिल्तिर श्रीमद्भागवत र शिव पूराणका दुई पूराणहरू नजरमा परे । हुन त यी पहिलो पटक मेरो नजरमा परेका होइनन् । मैले कहिलेकाहीं अध्ययन गरेर त्यहाँबाट केही कथाहरू पनि पस्किसकेको छु । श्रीमद्भागवत रामप्रसाद जोशीबाट नेपाली भाषामा अनुवाद गरिएकोलाई पल्टाउन मन लाग्यो र पल्टाएँ । मेरा नजर सिधै उषा र अनिरुद्धको कथामा पर्यो ।

थैली हाँस्यो मुसुक्क (बालकविता)

चोलीबाट झिकेर पैसा राख्न खुसुक्क
जुँघा तानिन् आमाले थैली हाँस्यो मुसुक्क

धान बेची बज्यैले दुईचार पैसा कमाइन्
फुर्के डोरी तानेर पैसा राखिन् रमाइन्
पैसा राख्ने बेलामा भाइ बस्यो टुसुक्क
जुँघा तान्यो भाइले थैली हाँस्यो मुसुक्क