तहल्का छ कोराना को
विश्व भरि आज भोलि
मानौ उसले पड्काई रा’छ
भाइरस रुपि बम गोली
भयाभह छ चारैतिर
अन्योलमा छ परिस्थिति
सारा विश्व उजाड पार्ने
देखाउदै छ मनस्थिति
ठुला ठुला राष्ट्र पनि
यही रोगले ग्रसित छन्
विश्व भरि हाहाकार छ
जनमानस त्रसित छन्
व्यापार वाणिज्य ठप्प छ
अर्थ तन्त्र छ डामाडोल
स्कुल कलेज बन्द छ
भविष्य छ अन्योल
महामारी हो यो भन्ने
चारैतिर हल्ला छ
सावधानी आफै अपनाऔ
सबै को यही सल्लाह छ
भीडभाडमा नजाऔ कोही
सफासुग्घर अपनाऊ
ताजा र पोषिलो
खानेकुरा सबले खाऊ
हल्लामा लागेर यति धेरै नडराऊ
ईश्वरमा आस्था राखी
आत्मा शक्ति बढाउ
परिस्थिति को सामना गर्दै
रमौ अनि रमाऔ
कृष्ण कुमारी पौडेल
डालस टेक्सास
