kbs
दुर्गमासुरको बध
हामीले भागवतहरूको अध्ययन गर्यौं भने देवी देवताहरूको र दैत्य/दानव बीचको द्वन्द्व, युद्धका कथाहरू निकै पढ्न तथा सुन्न पाउँछौं । यी कथाहरूको श्रवणमा ध्यान दिने तथा सुनाउने काम सूतजीले ऋृषि मुनिहरूलाई गर्नुहुन्छ –
एक दिनको कुरा हो सबै मुनिहरूले सूतजीलाई दुर्गा देवीको कुनै एक अद्भुत/अनौठो खालको कथा सुनाउनको लगि अनुरोध गरे । महाप्राज्ञ सूतजीले पनि दुर्गा देवीका धेरै कथाहरू सुनाइ सक्नुभएको थियो । त्यस दिन भने सूतजीले दुर्गम नामको असुरको वीरता र उसबाट गरिएको आतङ्कबाट देवलोकका देवी देवता र स्वर्गलोक नै आफ्नो अधिन बनाएको कथा श्रवण गराउनु भयो । जब दुर्गमासुरले सबै चिज आफ्नो अधिन बनायो तबदेखि देवताले आफ्नो यज्ञभाग पाउन छाडे ।
असनको डबली
“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”
“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”
“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”
मपाईं
‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ।
नेतापत्नी
एक नेताकी अलि खरो, अन्याय सहन नसक्ने कडा स्वभावकी पत्नी थिइन्। उनलाई नेताहरूले बेमतलबको फाल्तु कुरामा बहस गरी धन र समय खेर फालेको पटक्कै मन परेको थिएन । पुर्खाले कति दुःखकष्ट सही रोपिदिएका बिरुवालाई सबै मिली मलजल हाली हराभरा बनाउनुको साटो जरै उखेल्ने कुरामा सहमति जनाउँदै निमिट्यान्न पार्न खोज्दै छन् भन्ने उनलाई लाग्छ। नयाँ नयाँ विकासबारे अझ जनतालाई शान्ति सुरक्षा र राहत दिनेबारे जोरदार बहस र छलफल भयो भन्ने उनले कहिल्यै कहीँ सुन्न पाइनन्। खालि उही पुराना संरचना भत्काउने र जनतामा त्रास फैलाउँदै, आपसमा मनोमालिन्य र विद्रोहका कुरा मात्र गर्दै हिँडेको देख्छिन्।
म अमिवा
जुन दिन म बुद्ध एअरको विमान चढेर आकाशमा केही हजार फीटमाथि मात्र उडेको थिएँ, त्यो क्षण मलाई परम सूक्ष्मताको बोध भयो । मान्छे बिशाल, महान र शक्तिशाली प्राणी हो भन्ने अहम् बिस्तारै धुलिसात हुँदैगयो । जब आकासबाट धर्तितिर हेरेँ, मान्छे घ्यू कमिलाजत्रो देखेँ, खेतमा जोतिरहेका गोरुहरूलाई ढ्याङ्ग्रे कमिला जत्रो देखेँ, सडकमा गुडिरहेका मोटरगाडीलाई बन साङ्ला जत्रो देखेँ । त्यो क्षण मैले माथिबाटै हात्ती देखेको भए ठुलो मुसो अथवा बिरालो भन्दा ठूलो देख्ने थिइनँ होला; त्यस घडीबाट म पृथ्वीको कति सानो प्राणी रहेछु, आफ्नो आकार को सूक्ष्मता बोध भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनामझेरी प्रतिष्ठानको संयूक्त कार्यक्रम सम्पन्न
नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना मझेरी प्रतिष्ठानको आयोजनामा भएको मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका तथा १ दर्जनजति मातृभाषामा कवि गोष्ठीको साहित्यिक दृश्य २ दिनसम्म छाइरह्यो । यही पौष ९ गतेको पहिलो दिन नेपालको मध्यभागमा अवस्थित नवलपरासी जिल्लाको शिवमन्दिर (कावासोती) को गाविसको सभा कक्षामा नेपाल प्रज्ञा प्रतिष्ठान तथा मातृभाषा विभागकी प्रमुख सुलोचना मानन्धरले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
म … कुनै सीमामा बाँधिएर साहित्य सृजना गर्नु लेखकप्रतिको अन्याय ठान्दछु र म अन्याय सहन्न । स्वेच्छाले लेख तयार गर्छु …
जबसम्म समाजमा व्याप्त नारी उत्कण्ठाहरू सम्बोधन गरिदैन तबसम्म समाज परिवर्तनका लागि गरिएका आदर्शका गफहरू गफमै सीमित रहने । त्यसैले म नारी लेखनतिर साहित्यकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
अहिलेको नयाँ पिढीमा आफ्नो भाषाप्रतिको क्रेज बिस्तारै घटेर गएको देखिन्छ । यसबाट बिमुख नहोस भन्नाको हेतु पनि तामाङ साहित्यमा कलम चलाउनेको जमात बाक्लै देखिन थालेको छ ।
राजेश रुम्बा लामा ‘अतृप्त’ सर, … नन्दलाल आचार्यज्यू, तीर्थ यात्री पौडेलज्यू, ठिस बुढाज्यू, रुमन न्यौपानेज्यू, बुद्धि मोक्तान भाइ, सुषमा मानन्धरज्यू, रामकृष्ण पौडेल अनयाँसज्यू, आचार्य प्रभा दिदी, शरण आँशुज्यू र अन्य धेरै लेखकहरू मेरो मनपर्ने लेखकहरूमा पर्नुहुन्छ ।
नेपाली भाषा तथा साहित्यलाई सम्मान एवं माया दिउँ । नेपाली हुनुको परिचय दिउँ । नेपाली हुनुमा गौरव गरौं ।
बिना तामाङका रचनाहरूको लिस्ट : https://www.majheri.com/taxonomy_vtn/term/1531
बिना तामाङका रचनाहरू (सारांश सहित) : https://www.majheri.com/taxonomy/term/1531