आजभोलि म त कतारमा छु
धन जोड्न साह्रै हतारमा छु
आनन्दै पो रैछ जिउन जाने’सि
रमाईलो यौटा जङ्घारमा छु
भोको पेट भर्न मान्दिन लाज
संघर्षमै बाँच्ने आधारमा छु
भन्नेले भनुन जे जे मन् लाग्छ
म आफ्नै सुन्दर संसारमा छु
मबिना स्वदेश बिग्रेको हो कि?
देश फिर्ने छिट्टै विचारमा छु
स्याङ्जाली रमेश
मरुभुमीको छातीबाट

dherai ramro 6
dherai ramro 6