Skip to content


मैले कोरेको अक्षरको आँखामा
तिमी
निर्वस्त्र निदाउन सक्छ्यौ
मैले उघारेको आँखाको आकाशमा
बिनापखेटा रहर पुगुन्जेल
उड्न सक्छ्यौ
मैले लेखेर बनाएको
नलेखेको कागजमा
स्पर्श गर्न सक्छ्यौ
मैले लेखेको
शब्दको ओठबाट
शङ्ख बजाउन सक्छ्यौ
मैले लेखेको
अक्षरको औषधिबाट
तिमी
सारा नयाँ-पुराना
चोटहरू निको पार्न सक्छ्यौ ।
 

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *