Skip to content

kbs

20120103_BhupendraMahat_News-02

अनेसास कोलोराडोद्वारा भीमनीधि तिवारी सतबार्षिकी समारोह तथा साहित्य संगम सम्पन्न

  • by

साहित्यकार भीमनीधि तिवारीको सतबार्षिकीको सु-अबसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो चाप्टरले नियमित कवि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भीमनीधि तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाई भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ ।

बिरोधी (लघुकथा)

  • by

उद्घोषकले श्रीमती मैयादेवीलाई मञ्चमा आएर महिला हिंसा बिरुद्ध, लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ ।

मैयादेवी मञ्चमा आउँछिन् । हात हल्लाएर अभिवादन गर्छिन् । सबै ताली पिट्छन् ।

मैयादेवी चर्को स्वरमा “हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न । क्रान्ति गर्नुपर्छ । हामीमाथि अन्याय गर्ने भनेको पुरुष हुन् । पुरुषवादी सोचका कारण हामी पछाडि परेका हौँ । यो पुरुषप्रधान समाजको प्रतिफल हो । यसको बिरोध गर्नु पर्छ । अब हामी महिलाहरू एक भएर अगाडि बढ्नु पर्छ ।”

SamsherLamaMoktan

दोबाटोमा एक्लै भा’छु

  • by

दोबाटोमा एक्लै भा’छु, खै म कता जाने
आँखा छली अर्कैसँग, गइन ती बैमानी

दोबाटोमै भेट्दो रै’छ, छुट्दो रै’छ पनि,
त्यही दोबाटोमा आई, छुटे आज म नि
सँगै यात्रा गरौँ भनी, ल्याइन हात तानी
बिच यात्रामै छोडी जानी, रै’छ उनको बानी

बेल्जियममा त्रैमासिक काव्ययात्राको शुरुवात !

  • by

साहित्यिक वेवसाइट “प्रतिनिधि बेल्जियम डट कम”को आयोजनामा बेल्जियममा त्रैमासिक काव्ययात्राको थालनी यही डिसेम्वर १२ का दिन स्थानीय लुभेनबाट प्रारम्भ गरियो ।

नयाँ बर्ष यसपाली चाहिँ

  • by

नयाँ बर्ष यसपाली चाहिँ खुशी लिई आऊ
अलिकति हैन यस साल झुसी लिई आऊ ।

रमाउने छन् दुनियाँले मन लागी हेर
आउँदा खेरी उमंगको रंग मुसी लिई आऊ ।

फेसबुक

  • by

फेसबुक (१)
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
“सुखी रहनु सधैं” मले फेसबुकमा लेखे ।

म्हेन्दो ह्राङ्नोन सर्चिगाई

  • by

म्हेन्दो ह्राङ्नोन सर्चिगाई, म्हेन्दो ह्राङ्नोन ङेचिगाई
एला माया ङाला माया, लानी दोसि फेचिगाई

दिननोन-म्हुननोन चु मि ङिरी, एनोन मुला च्योचिबा
चु तिङ न्हाङ्ला ढुकढुकीरी, एनोन मुला कोचिबा
एनोन ङाला सेमला म्हेन्दो, एनोन ङाला तिङला डा
ए आरेमा चु सेम ताङ्बा, आरे ङाला स्यान्दो ग्ला

फुटकर कविता

  • by

१) प्रध्यापक
किताबी ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफूले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।

जिन्दगी यो चिन्दै छु म

  • by

जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या’ घाम रैछ
सुख भन्दा दु:ख धेरै झेल्ने यस्को काम रैछ

यता जाउँ ठेस लाग्छ उता हेरुँ मुटु दुखी
तड्पाई मै खुशी हुन लाग्नु पर्ने लाम रैछ

मन पराई अर्कैकी स्वास्नीतिर

मन पराई अर्कैकी स्वास्नीतिर दिन रात धाउँछौ !
आफ्नै स्वास्नी अर्कैले लगिदिँदा बल्ल थाहा पाउँछौ !

खुशी छौ रावण जस्तै अर्काकी स्वास्नी हरण गरी
तिम्रै लंका भष्म हुन्छ फेरि सोच केले घर छाउँछौ !

नेपाली माया छ

हुदैँन ताप, घामको राप शितल छाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ

आँखामा फुल्छ गुराँस मेरो वन र पाखाको
आनन्द लाग्छ सुनेर गीत लेकाली भाकाको
अग्लो त्यो गिरी, तराई मेरो दाँया र बाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ

देश विकासमा साहित्यकारको भूमिका

  • by

दुई ढुङ्गाको तरुल नेपाल, नेपालको चारै तिरका सीमाक्षेत्रहरू मध्ये पूर्व, पश्चिम र दक्षिण तर्फ भारतका सीमाहरूले घेरेको छ भने उत्तर तर्फ विशाल चीनको सीमानाले घेरेको छ । नेपाल सुरक्षाको दृष्टिकोणले भन्ने हो भने चीनको सीमानामा पर्ने नेपालका उच्च हिमशिखर र अग्ला अग्ला पहाडले बार लगाएको हुँदा केही हदसम्म सुरक्षित छ कि भन्ने आंकल गर्न सकिन्छ । अन्य ३ सीमावर्ती क्षेत्र भनेको खुला र सदावहार आवत जावत गर्नसकिने एवं सुचारु रुपले र सजिलै एक देशका घुसपैठीले अर्को देशमा भित्रन सक्ने भएकोले सुरक्षित नै रहला भन्न सकिंदैन । यो देशको भौगोलिक स्थितिसँगै देशको बिग्रँदो स्थिति पनि असुरक्षितको पाटो नै मान्नु पर्दछ ।

तिम्रो नजर वाण भयो (दोहोरी गजल)

केटा
तिम्रो नजर वाण भयो दिलमा वारपार भयो
पिरतीमा तिम्रो जित सधै मेरो हार भयो ।

केटी
हजुरलाई दिलमा राखे देवता सम्झी पुजा गरे
पिरतीको खेलमा हजुर जित जीबन सार भयो ।

20111229_NandaLalAcharya_Lekh-01

कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण

  • by

अ. कवि परिचय ः

साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन्

कुरा धर्म र ओशोको

आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिँदैन,
धन–पद जति जोड तृष्णा कहिल्यै मेटिँदैन ।

धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं ।

नाता तोडी जानेलाई कहाँ रोक्न सकिन्छ र

  • by

नाता तोडी जानेलाई कहाँ रोक्न सकिन्छ र
मनमा माया छ कि छैन कसको जोख्न सकिन्छ र ।

मुखमा राम बगलीमा छुरा राखी ताक्नेलाई
आफ्नो सम्झी खुट्टा समाई कहाँ ढोक सकिन्छ र ।