हुदैँन ताप, घामको राप शितल छाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ
आँखामा फुल्छ गुराँस मेरो वन र पाखाको
आनन्द लाग्छ सुनेर गीत लेकाली भाकाको
अग्लो त्यो गिरी, तराई मेरो दाँया र बाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ
तिर्सना लागे पिउँला पानी झर्ना र खोलाको
फर्केर आउ स्वदेश आफ्नै किन हो टोला’को?
मरेर लानु के नै पो छ र एउटा काया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ
हुदैँन ताप, घामको राप शितल छाँया छ
सुनको लंका चाहिन्न अब नेपाली माया छ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
सुन्दर ! अति सुन्दर !!
सुन्दर ! अति सुन्दर !!
धन्यवाद यहाँलाई पनि सम्पादक ज्यू
धन्यवाद यहाँलाई पनि सम्पादक ज्यू सुन्दर प्रतिकृयाको लागि