Skip to content


केटा
सपना हो यो भनेदेखि सपनीमै मरूँ
केटी
अर्को जन्म पाएँ भने तिमीसँगै परूँ

केटा
एउटा जून आकासमा एउटा मेरो काख
केटी
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
केटा केटी
हाम्रो माया साँचो भए यसको लाज राख

केटी
जता हेर्छु उतै तिमी मेरी वरिपरी
केटा
निदरीमा झझल्कोले उठ्छु घरिघरि
केटी
तिमी बिना आँखा हुन्छ साउनको झरी

केटा
जीवन मेरो के पो होला बिना तिमरो माया
केटी
तिमी जान्छौ जतातिर उतै लाग्छु छाया
केटा केटी
एक मन एक मुटु दुई हाम्रो काया

केटी
तिम्रो भेल मनमा बग्छ नरित्तेर पानी
केटा
तिम्रो भेल मनमा बग्छ नरित्तेर पानी
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि

शब्द – यादव खरेल
स्वर – सुरेश वाडकर, अनुराधा पडुवाल
संगीत – सम्भुजित बासकोटा
चलचित्र – प्रेमपिण्ड

1 thought on “सपना हो यो भनेदेखि”

  1. i Like this song very much.
    i Like this song very much. Tara I try to download this song. But I could not find. Do u have any idea how to download.

Leave a Reply

Your email address will not be published. Required fields are marked *