अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन

  • by
20111222_BholaThapaChhetri_News_01


भोला थापा क्षेत्री
दोहा ।

‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’

फणिन्द्र शान्तका यिनै गजलका शेरहरूसँग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुँदै आएको अनेसास- नबोदित “नबौ डबली” गत डिसेम्बर ९ तारिकको दिन दोहास्थित टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।

नवोदित साहित्यिक मोवाइल पुस्तकालयका संयाजक राजेश्वर ढकालको संयोजकत्व र संचालनमा भएको काकार्यक्रमा विशष्टि स्रोताको रुपमा गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद कतारका सल्लाहकार पेशा कर्मी बिलबहादुर गुरु उपस्थिति थियो ।

कार्यक्रमका विशिष्ट स्रोता गुरुङले कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्त गर्वको अनुभूति भएको बताउर्दै, समाजमा भएका वभिन्न घटनाहरूलाई शब्दको समायोजन गरी समाजलाई बुझाउने पाटो भएकोले साहित्य समाजको दर्पण भएको तर्क राखे । उनले प्रवासमा आफ्नो थोरै समयलाई पनि साहित्यि सृजनामा लगाएर नेपाली भाषा र साहित्यको अभिवृद्धिको तपाईहरूले खेल्नुभएको भूमिका अतुलनीय रहेको तर्क ब्यक्त गरे । कति नव सर्जकहरूको रचनाहरू अनलाई र पत्रपत्रिकामा मात्र पढन पाएको तर आज प्रत्यक्ष्ँ भेटन पाउदा खुशी लागेको र आगामी दिनहरूमा पनि यो कार्यक्रममा समय मिले सम्म उपस्थित हुने भनाई राखे । कार्यक्रममा बाचित रचनालाई एउटा पुस्तकको आकार दिनुपर्ने तर्क राख्दै आफूले र आफू आवद्ध संस्थाले सक्दो सहयोग गर्ने बताउर्दै यो कार्यक्रम मेरो जीवनको एउटा अविश्मरणीय क्षणको रुपमा लिएको बताए विशिष्ट स्रोत गुरुङले ।

कार्यक्रममा मोवाइल पुस्तकालयका सचिव तथा ब्यङग्यकार तथा गीतकार चर्चित ढुंगेलले गीतको बारेमा, बुद्धिजीवी शिखर वैद्यले कथाको बारेमा केही जानकारी दिएका थिए भने मोवाईल पुस्तकालयका का.अध्यक्ष्ँ तथा रेगिस्तानी कवि तिर्थ संगम राईले वाचित रचनाहरूको बारेमा टिकाटिप्पणि गरे ।

अनेसास कतारका निबर्तमान अध्याक्ष दिपक भेटवलले हामीमा अध्ययनको कमी भएको बताउर्दै र खाली साधुरो धेरामा मात्र सिमित भएको तर्क राखे । उनले लक्ष्मी जयन्तीको अवसरमा कतार आएका साहित्यकार तथा समालोचन प्रा.डा. गोविन्द राज भट्टाराईले कतारका साहित्य अनुरागीहरूको बारेमा एकै शब्दमा बिम्बात्मक पाराले ‘घासँ कम खादा रहेछ’ (पुस्तक कम पढ्ने) भनेर भन्नेका छन, भन्दै आगामी दिनमा हामी अध्यन्न संगै साहित्यिलाई फराकिलो ढंगबाट सोच्नु र सृजना गर्न सर्जकहरूलाई जोड दिए ।

‘नजरले मलाई नजरमै डुलायौ
मजाले बगैचा बगरमै फुलायौ’

छन्द कवि तथा जुनको उज्यालोमा कविता लेख्ने कवि भनेर चिनिएका बरिष्ठ साहित्यकार बद्रीप्रसाद पराजुलीले सुत्र कविता, गजल तथा रोचक मुक्तकले सबैको वहा वहाही बटुल्न सफल भएको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी लगायत ३ दर्जन सर्जकहरूले कविता, गीत, गजल, मुक्तक, लधुकथा पस्केका थिए ।

स्मरण रहोस यो साहित्यिक डबली साहित्य सृजना गर्ने नवसर्जकहरूको लागि एउटा राम्रो पेल्टफर्म हो । यहाँ रचना वाचनसँगै अग्रज सर्जकहरूबाट साहित्यका विभिन्न विधाका बारेमा सिक्ने अवसर पनि मिल्नेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *