‘दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा सहन सक्ने शक्ति तब छैन उनीहरूमा। तर म दु:ख मनपराउँछु। म दु:खलाई आत्मसाथ गर्छु ।
हुन त ममा पनि मानवीय गुण अनुरुप दु:खप्रति केही चित्त दुखाई नभएका हैनन् । तथापि म दु:खको अनुभव गर्न मनपराउँछु । यसै अभ्यासको क्रममा मैले आफूलाई एकहदसम्म असामान्य स्थितिमा पनि पाएँ। जब म दु:ख पाउँछु म त्यो अनियन्त्रित मनलाई काबुमा राख्न संगीतको सहायता लिन्छु । संगीतको तालमा बहन थालेपछि कतिखेर मेरा खुट्टाहरू संगीतकै तालमा चल्न थाल्छ र हातहरू हल्लिन थाल्छ पत्तै हुन्न। सायद संगीत मोहनी हो, कला हो र ईश्वरको सत्ता हो । एक किसिमको चरम आनन्दाभूति प्राप्त गर्न सकिन्छ यसो गरिरहँदा ।
ममा अर्को बडो अचम्मको बानी पनि छ। कहिलेकाहीँ दु:ख लाग्दा म बगैँचामा गएर बस्छु । फूलहरूसँग साउती मार्छु । मतिर हेरेर मुस्कुराएका ती फूलहरू देख्दा हर्षविभोर हुन्छु । घाम, बतास, हावाहुरी असिना, हरेक प्रहार सहेर हाँसिरहने नाचिरहेका मस्त फक्रिरहेका ती फूलहरूको लोभलाग्दो दृश्यावलोकन गर्दा एकतमासकी हुन पुग्छु। असीम आनन्दाभूति गर्न सकिन्छ । दु:ख त कता हो कता विलिन हुने। लाग्छ म कुनै स्वर्गको कुनै टुक्रामा छु । क्षणमै विलिन हुन्छु । असिम आनन्दको अनुभूति गर्छु।सुखको काखमा लुट्पुटिन्छु । यो सब हुनुमा दु:खको हात रहेकोले दु:खलाई साधुवाद । साँच्चै नै सुखको त्यो चरम बिन्दुमा पुग्नुमा, महशुस गर्नुमा दु:खको आफ्नै विशेष भूमिका रहेको हुन्छ। यदि दु:ख नहुदोँ हो त सुख पाएको अनुभूति कसरी गर्न सकिन्थ्यो?
दु:खले पिडित भएपछि न मानिसले दु:खबाट मुक्त हुदाँको क्षणलाई, अवस्थालाई सुख भनेर परिभाषितगर्न सके।जस्तै सृष्टिको नियममा सधैं उज्यलो मात्र हुने हो भने उज्यालोको कुनै महत्वनै हुन्नथ्यो। जब रात पर्छ रातको कारण प्राणीमात्राले आउने डर, भय, संकट र समस्याहरूको बोध गर्दछन् र न उज्यालोको बडो ब्यग्रतासँग प्रतिक्षा गर्दछन्।
बिहानीको शुरुवातसँगै व्यग्रताका साथ प्रतिक्षित उज्यालोले मानिसमा खुसीका रङ्गहरू छर्छ। जसमा नयाँ उमङ्ग, नयाँ आशाका किरणहरू देख्छन् र त उनीहरूमा हौसलाका रङगहरू प्रष्टै देखिन्छ । यसले गर्दा मानिसमा जीवनको गति कायम राख्न मद्दत मिल्दछ। कहिल्यै रात नपरेर सधैं उज्यालो मात्रै कायम हुने हो भने न त्यहाँ उज्यालोको प्रतिक्षा हुन्थ्यो न आगमनमा खुसी नै मनाउँथे। किनकि प्रतिक्षाबिनाको स्वत प्राप्त हुने वस्तुको कुनै महत्व रहदैंन र त्यसको औचित्य पनि रहन्न।
हामीमध्ये कतिपयले महशुस गरेकै कुरा हो यात्राको क्रममा उकाली ओराली भएन भने यात्राको कुनै मज्जै आउन्न। उकालीमा खानु हण्डर खाएर थकित हुदाँ कुनै समतथर बाटोमा हिड्न पायौं भने कति खुसी हुन्छौ । थकानलाई मेटेन सफल हुन्छौ र त्यो बाटोप्रति हामी अनुग्रहित पनि हुन्छौ। धारतलीय स्वरुपको विविधतामा हाम्रो यात्रा रोमाञ्चकारी र अदभूत हुन पुग्छ। समथर बाटो र उकालोको एकार्कामा घनिष्ट समन्ध रहेको हुन्छ । त्यो अघि हिडेको उकालो यात्राको तुलनामा अहिलेको त्यो समथर बाटोको यात्रामा तुलनात्मक अन्तर पाउँछौ। बडो गज्जबको कुरा ! उकालो नहिडेको भए कसरी त्यो समथर बाटोको यात्रा सहज भो भनेर महशुस गर्नसक्थ्यौ त? यात्राको क्रममा आउने यस्ता रोमाञ्चकारी मोडहरूले नै जस्तै कष्टकर यात्रा पनि कहिले सलल बग्ने नदी झै लाग्छ कहिले कुनै मसालादार चलचित्र झै।
चलचित्र भन्ने बित्तिकै हामी असल पात्र हरू जस्तै नायक नायिका अनि खलपात्र यी सबै पात्रहरूको परिकल्पना गर्छौं। ती पात्रहरूबिचको असल र खराब विचाहरूको द्द्वन्दमा श्वास रोकेर कतिखेर नायकको बिजय हुन्छ भनेर बस्छौं। जब नायकले त्यो खलपात्र अथवा खराब विचारलाई ढाल्छ अनि जोड जोडले थपडी बजाउँछौं खुसीले।चलचित्रमा हुने यस्ता घटनालाई हामी निकै चासो दिएर हेर्छौ। सामान्यतया हामी चलचित्रमा केही नौलोपना खोज्छौ। कथावस्तुमा नायकको बिजय हुन उसले पाएको दु:खमा हामी पनि भावनात्मक साथ दिन्छौं। अनि त्यो कठोर दु:खको भुमरीबाट जब नायक निस्कन्छ हामी आफूले बिजय प्राप्त गरेको ठान्छौं। सायद त्याहाँ पनि नायकले दु:ख नपाउँदो हो त त्यसपछिको घटनाक्रम नै बिकसित हुन्न होला। हो यहीँनेर हाम्रो जीवनलाई तुलना गर्ने हो भने हाम्रो जीवनमा दु:खको उपस्थिति हुनु जरुरी रहन्छ र त्यो दु:खबाट निस्कनसकेमा हामी पनि हाम्रो रियल लाईफमा कुनै चलचित्रको नायक जस्तै सबैको प्रशंसाको पात्र बन्छौ र सबैको आँखाको तारा। यदि त्यहाँ ती अघि भनिएका घटनाक्रम बिकास नहुने हो भने हाम्रो जीवन नाम मात्रको जीवन हुन्थ्यो।
फूल मन नपराउने को नै होला र ? रङ्गीबिरङ्गी फूलहरूको संसारमा हामी मस्त हराउन सक्छौ । तिनैमध्ये हामी केहीलाई बिशेषत आफ्नो रोजाईमा पार्न पनि सकछौ यद्दपी हामी ती मध्ये पनि गुलाफ बढी मन पराउँछौँ। हामी भन्ने गर्छौ गुलाफ त्यसै राम्रो अझ मनपर्नुको कारण त त्यो वरिपरिबाट तीखा काँडाहरूले घेरिएको भए तापनि निश्छल मधुर मुस्कान फ्याँकेर कसरी मानिसलाई आफूतिर आकर्षित गरिरहन्छे ।
काँडै काँडा बीचमा पनि हँस्न सक्ने। फूल्न सक्ने। वाह! वाह! सायद त्यो काँडा त्यहाँ भएकै कारण यति बिघ्न तारिफ गरिएको फूल हो गुलाफ तथापि त्यहाँ काँडाको कुनै मूल्य हुन्न। कसैले वास्ता गर्दैन । तर सोचनीय कुरा त यो छ कि यदि काँडा नहुदोँ हो त केगुलाफको त्यति बिघ्न प्रशंसा हुन्थ्यो होला र?
यहीँ सिद्दान्तमा आधारित रहने हो भने मानिसले पनि दु:खको अनुपस्थितिमा कसरी सुखको अनुभव गर्न सक्छ?
सुखै सुख हुने हो भने सुखको कुनै महत्व रहन्नथ्यो । सुखको आफ्नो कुनै प्रभुत्व र महत्व रहन्न थियो।जब दु:खले गाँज्छ, भूमरीमा फँस्छ तब मानिस भौतारिन्छ।व्याकुल बन्छ सुखको।निस्कन्छन सुखको खोजीमा र जब त्यो प्राप्त हुन्छ त्योसँगै आनन्दको अनुभुति गर्दछन्। सुख प्राप्तिको निमित्त अनेकौ चुनौतीहरूसँग पौठेंजोरी खेल्छन। जसले जीवनलाई गतिमान गर्न सहयोग गर्दछ। यदि गुलाफसँग काँडा, उकालोसँग समथर र सुखसँग दु:ख नहुदोँ त यी सब कुराहरू महवहिन हुनेथियो।दु:खको उपस्थितिले नै मानिसलाई कृयाशिल हुन बाध्य गराउँछ ।जीवनरथ अगाडी बढाउँछ। संघर्ष गर्न अभिप्रेरित गर्दछ। दु:खको कटाक्षले नै हृदय भारी हुन्छ र यहीँ भारी हृदय कहीँ कतै बिसाउन लालायित मनहरूले त्यो अवसर पाउंदाको अवस्था नै सुख हुन्छ। सुखानुभूति गर्न सफल हुन्छ मानिस। गुलाफ जस्तै काँडाबीच फक्रिन, हाँस्न, सहनशील, सौम्य सभ्य र शालिन हुन पक्कै पनि दु:खको उपस्थिति अनिवार्य रहन्छ। जब दु:खको पहाडलाई छेडेर आफ्नो गन्तव्यस्थल पुग्छौ हामी बिजयी घोषित हुन्छौ। हाम्रो संघर्षको प्रशंसा हुन्छ । तब मात्र हाम्रो जीवन सार्थक हुनपुग्छ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

काँडिएको सुनगाभा रगतीँदै
नमस्कार
धेरै सोच्न बाध्य बनायो अनिवार्यताले
लेख्दै गर्नुहोला
सुभकामना
धन्यवाद यहाँलाई नायक
धन्यवाद यहाँलाई नायक जी मिठो प्रतिकृयाको लागि।सुनगाभा काँडाको सयर गर्दैछु।रग्ताम्मे त हुनेनै भो।यहाँहरु हुनुहुन्छ नि मल्हम लगाउनुहुनु।आशावादी छु।