Skip to content

हाँसेकैछु देख्दा फूलको थुङ्गा

  • by


हाँसेकैछु देख्दा फूलको थुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन

चहकिलो घाम तिमी रात्रीको जून म
लाखौं कोशिस गर्छु तर सक्दिन छुन म
घाम जून एक हुन नसक्ने रित हुदाँ
नचाहेरै नसोचेरै छुट्नुपर्ने प्रीत हुदाँ
मझधारमा अडिएको डुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन

नसोच म टाढा भएँ बरु माया साँच्नु
मेरै लागि भए पनि हजार वर्ष बाँच्नु
म पनि त पलपल दुख्दै हाँसेकैछु हेर
अश्रु मोती टिप्दै माला गाँसेकैछु हेर
नौनी हैन साह्रो गाह्रो मुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन

हाँसेकैछु देख्दा फूलको थुङ्गा भा’छ यो मन
यथार्थमा आजभोलि ढुङ्गा भा’छ यो मन

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *