मेरो यादमा कल्पिएर कहिल्यै नरुनु
मेरो बातमा अल्झिएर कहिल्यै नरुनु
के नै गर्न सकिन्छ र? भाग्यमै नभएसि
निर्दोष दिलमा सल्किएर कहिल्यै नरुनु
चाहना हुँदा हुँदै तिम्रो हुन सकिएन
मलाई सम्झी छल्किएर कहिल्यै नरुनु
कहिलेकाहीँ सम्झिएमा मलाई भेट्न आउनु
अतितसँग बल्झिएर कहिले नरुनु
स्मृतिमा छाइरहे इन्कार त नगरे है?
तर काखमा ढल्किएर कहिल्यै नरुनु
केशब लामा क्षितिज
