झुपडीको चिसो चुलो बाल्नेलाई सलाम !
भोकाएको दुव्लो देश पाल्नेलाई सलाम !!
आफ्नी जोईको गुन्यू–चोली सबले फेरेकै छन्
देशको लाज छोप्ने टालो टाल्नेलाई सलाम !
आफ्नो घरको तला थप्नु के भयो र नौलो
चुहिएको देशको छानो हाल्नेलाई सलाम !
देउरालीमै थाक्नेहरूको हुन्न केही भर
चुली चुम्ने पाइलाहरू चाल्नेलाई सलाम !
पराईको दैलो ढुक्ने कति थुकें कति
परचक्री/पराधीनता ढाल्नेलाई सलाम !
आफ्नो लागि मर्नेहरू सबले देखेकै छन्
देशको लागि जिन्दगानी फाल्नेलाई सलाम !
२०६७ भदौ २३ गते
वासु स्मृति दिवस
तीनकुने, काठमाण्डौ

राजु स्याङतान g!
अति
राजु स्याङतान g!
अति सुन्दर,मिठो Gajal
आगामी दिनमा पनि पढ्ने मौका दिनु होला ।
गजल सुन्दर राम्रो लाग्यो ।
गजल सुन्दर राम्रो लाग्यो ।