बल्ल तल्ल आए हेर, फर्कु कसोरी
भेटिएको छिनभर मै, तर्कु कसोरी
अन्तिम भेटको, सिधा निम्तो मानी
आखाको कर्के नजरले, झर्कु कसोरी
अनौठो नानाथरी, जिज्ञासा मनभित्र
पोको पारी सुन्यतामा, चर्कु कसरी
धक् मानी थर्थराई, ओठ फुकाई आफै
अनियन्त्रित भई शब्दमा, जर्कु कसरी
अनपेक्षित भाग्यको, आगमन जस्तै
प्रगतिमा रमाउदै उफ्, बर्कु कसोरी
दिवाकर भट्टराई
दमौली, तनहुँ
