Skip to content

नसके नि आकाशका ताराहरू


नसके नि आकाशका ताराहरू गन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

एकलासे वनको बाटो तिमीलाई भेटेकोथें
डर त्रास मनको सबै त्यसै दिन मेटेकोथें
तिमीसँगै यात्रा गर्न अर्कै बाटो खन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

भाग्य पनि कैले बल्छ कैले आफै निभ्दो रैछ
रोप्छ आज माया मोह भोलि आफै टिप्दो रैछ
जस्तो लेख्यो त्यो भावीले उस्तै हामी बन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

नसके नि आकाशका ताराहरू गन्नु थियो
छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

4 thoughts on “नसके नि आकाशका ताराहरू”

  1. sundar vawana,pragatiko
    sundar vawana,pragatiko kamana

    नसके नि आकाशका ताराहरू गन्नु थियो
    छुटी गयौ दोबाटोमै केही कुरा भन्नु थियो

  2. धन्यवाद यहाँलाई सुन्दर प्रतिकृयाको लागि।
    धन्यवाद यहाँलाई सुन्दर प्रतिकृयाको लागि।

  3. Tapainka harek srijanaharu
    Tapainka harek srijanaharu niyamit rupma padhne garekochhu. Sundar sabdaharuko samisran ra yatharthako pristhavumima rahera srijit tapainko lekhan karyale nirantarta paos, suvakamana. aagami dinharuma pani tapainko srijanaharu padhna paune apechha rakhdachhu.

    R.C. Ksharti

    Kathmandu.

    1. R.C
      धन्यवाद यहाँलाई R.C जी हौसलाका शब्दहरु सहितको यो हजुरको प्रतिकृयाको लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *