Skip to content

छोरीको जन्म हारेको कर्म

  • by


छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ

न कुनै जन्ती, न दुल्हा राजा
न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज
यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ती, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ

न त कोही देख्छन, कलेजीको घाउ
मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउँ
छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ

विरहमा मिलनको बरु आशा हुन्छ
मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भावी तैंले सबै दु:ख नलेख्नु
यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ

झलमल्ल हुँदैछ, यता सिउँदो खाली
टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहीं खुसीको बतास
कतै आँधी हुरी निराशै निराश
कहीं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ

शब्द: चेतन कार्की
स्वर: नारायण गोपाल
संगीत: गोपाल योन्जन
चलचित्र : कान्छी

Leave a Reply

Your email address will not be published. Required fields are marked *