Skip to content

मायाको आधारमा

  • by


मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुन्छ

बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जीत हुन्छ

भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ

शब्द/संगीत : दिब्य खालिङ
स्वर : नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *