भो भो नसोध अब केही मलाई
रुकेमा छ बुझ तिम्रै भलाई लौ है
चाँदनी रात निलो आकाश
छर्छन् जहीं यहीं सुवास
जानु नजानु यो दिल दुखाई
रुकेमा छ बुझ तिम्रै भलाई लौ है
टलल टलल तारामुनि
सलल सलल बग्ने ध्वनि
सुन्नु नसुन्नु आउनु आई
रुकेमा छ बुझ तिम्रै भलाई लौ है
बसन्ती हावा फूलको मेला
रुपौला घटा प्यारको बेला
बुझ्नु नबुझु बिरह जगाई
रुकेमा छ बुझ तिम्रै भलाई लौ है
शब्द : रत्नशम्सेर थापा
संगीत/स्वर : नारायण गोपाल
