सेरो र फेरो मेरो अँध्यारो पारी गयौ
सुकाई मूल, फूल निमोठी फाली गयौ
उम्लन्छ यो छातीभित्र व्यथा असह्य भई
गह भरिन्छ आँशुले रात दिन सधैँ
आशाको घर मेरो अँध्यारो पारी गयौ
बिलौना यो मनको निख्रने कहिले होला
यो जुनीमा सुगन्धी हावा बहने कहिले होला
केको बदला लिई अँध्यारो पारी गयौ
शब्द : रत्नशम्सेर थापा
स्वर : नारायण गोपाल
संगीत : अम्बर गुरुङ
