Skip to content

यो मौसम यो हरियाली

  • by


यो मौसम यो हरियाली रंगीबिरंगी फूलहरू
निरस निरस लाग्छ मलाई तिमीबिना हर चिजहरू

चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ
यो रमझममा कसरि रमुं, जब की अधुरो आश छ

गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाफ केही
यो प्रकृतिको सुन्दर शृजना, लाग्छ मलाई अभाव नै

रुझिरहेका आँखाहरूले, कसरी देखुन सुन्दरता
जलिरहेको दिलहरूले, कसरी सम्झुन शीतलता

शब्द : किरण खरेल
स्वर/संगीत : नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *