भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद”
भारतको आसाम राज्यको पहाडी कार्विआङलाङ जिल्ला, हवाइपुर गाउँमा प्रत्येक महिना हुने बसिबियालो साहित्यिक कार्यक्रममा ‘नेपाली साहित्यमा भयवाद’ यही नोभेम्बर २५, २०१२ सम्पन्न भयो । कार्यक्रम नेपाली साहित्य सभा हवाइपुर शाखाका सभापति तथा समाजसेवी देवीप्रसाद उपाध्ययको अनुरोध र संयोजनमा भएको थियो । यो तेस्रो बसिबियालो कार्यक्रम र आसाममा दोस्रो भएपनि भयवादको यो चौथो अन्तराष्ट्रिय कार्यक्रम हो ।


सम्झनाका तरेलीले म त घायल भएको छु
१)
दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
मनभित्र रोए पनि हाँसेकै छु हाँस्न
चैतका पट्ट्यार लाग्दा दिनहरू शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरू बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं “बाहिरफेर नगएस दिउँसो, बरु गृहकार्य गरेस्, भर्याङ मन्तिरको खाली भागमा पुतली खेलेस् ।” भन्नु हुन्थ्यो । म चुपचाप सहमतिमा टाउको हल्लाउँथें तर मनले भने “अहँ जान्छु बाहिर दतिवनको रुख मुनि भाँडाकुटी खेल्न सोनाम र लक्ष्मीसँग ।” भनिरहेकी हुन्थें ।
भर्खरै दशैँ, तिहार, छठलाई बिदा गर्दै आँगनको डिलभरि गोदावरी, सयपत्री ढकमक्क फुलेको छ । सरद ऋतु घमाइलो मौसमसँगै एकपछि अर्को गर्दै आएका चाडपर्वले गाउँघरका सबै रमाइरहेका छन् । हरिबोधिनी एकादशीको लागि हजुर आमाले आमालाई तुलसीको मोठ सिगार्न लगाउदै हुनुहुन्छ भने भाउजू खाजाको लागि सकरखण्ड, फर्सी, आलु उसिन्दै हुनुहुन्छ । दाजु बगैँचामा लटरम्म फलेका सुन्तला डालाभरि टिपेर पिँढीमा राख्दै हुनुहुन्छ । बाबा उखुका लाक्राहरू अँगालोभरि लिएर गोठतिर जादै हुनुहुन्छ ।
मेरो कथा आज, म दिल खोलेर भन्छु
जगमा आउने जाने यात्री हजार देख्दैछु