Skip to content

ks

प्रकृति र देवकोटाको ‘ज्वरशमना प्रकृति’

  • by

पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्ने नीलिम नेपाल,

भाषाको भाँडभैलोमा प्रहार

  • by

कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख अखण्ड भण्डारीले पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूका त्रुटिमाथि टेकेर पुस्तक तयार गरेका छन्, समाचारको भाषा ।

अलग शैलीका अलग कविता

  • by

लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, डन्ट टच मी ओ कविताहरू ! पुस्तक नामबाटै अलग देखिन्छ ।

GhayalSri

कान्छा

उसको वास्तविक नाम हरिप्रसाद भए पनि उसलाई सबैले कान्छा भनेर बोलाउने हुनाले कान्छाले आफ्नो बास्तविक नाम भुलिसकेको जस्तो लाग्छ मलाई पनि । भात कस्ले पकाउने ? कान्छाले । घाँस कस्ले काट्ने ? कान्छाले । भैसी कस्ले दुहुने ? कान्छाले । इत्यादि घरका सबै कामहरू कुनै झर्को नमानी सजिलै पुरा गर्थ्यो कान्छाले । त्यसकारण मलाई लाग्थ्यो कामको सट्टामा प्रयोग गरिने एक मात्र विकल्प थियो कान्छा ।

KomalPrasadBhatta-04

वसन्तमा प्रकृतिको मात

  • by

वसन्तमा प्रकृतिको मात रैछ माया
लट्ठ्याउने मीठामीठा बात रैछ माया

सिरीसिरी हावाचल्दा गृष्मऋतु राम्रो
छहारीमा हल्लिएको पात रैछ माया

जताततै जो पनि भगवानै भगवान

  • by

मेरा प्रिय आत्मन्,

एउटा छोटो कथाबाट आजको प्रश्नोत्तरको यो चर्चा सुरू गर्छु ।

एउटा असाध्यै अँध्यारो रात थियो र एउटा मरुभूमीय पहाडको एउटा सानो सरायमा एउटा ठूलो व्यापारीक दल आएर रोकियो । त्यो व्यापारिक दलमा यस्तै सय ऊँट थिए । व्यापारीहरू यात्रामा थिए र थकित भएर आधारातमा त्यो स–सानो पहाडी सरायमा विश्रामका लागि आइपुगेका थिए ।

बाँचुन्जेल हो अमेरिका

  • by

इन्टरभ्यु दिनेको ताँती
बुढो-बादेखि काखे नाती
भिसा पाउने बल्ल ढुक्क
नपाउने ट्वाल्ल थु’क्क

हातमु’ख जोर्न नसक्नेलाई
थाहै छैन अमेरिका
थाहा हु’नेलाई पनि
रिजेक्ट गर्छ अमेरिका

बलियो त्यो मुटु पारी

  • by

बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा

मिल्छ हाम्रो जोडी साँच्चै आऊ सँगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा ?

वर्तमान शैक्षिक परिपाटीको शल्यक्रिया

  • by

अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा विडम्बनापूर्ण परिस्थिति भोग्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्ने सिर्जनात्मक प्रतिभाको कदर हुनुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवि त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो ? त्यो स्पष्ट हुनुपर्यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ ।

एकान्त यो आजभोलि

  • by

एकान्त यो आजभोलि मलाई आई थिच्छ
तिमीलाई सम्झिएर दिन मेरो बित्छ

सुखद पल छैन मेरो म छु दुर देशमा
तिम्रो यादमा छट्पटिन्छु, व्याधा निहु झिक्छ

शक्तिशाली उदय

  • by

इटहरीमा बसेर साहित्यकर्म गरिरहेका हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता संग्रहको ‘बाटामा भरिया बालक’ शीर्षकको पहिलो कविताको बालभरिया विद्यालयको सामान बोकेर पहाडतिर उक्लिंदैछ।

साहित्यमा मधेशको संवेदना

  • by

“नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्।

गन्तब्य बिहिन यात्रा

  • by

गन्तब्य बिहिन यात्रामा लर्बराएका पाइलाहरू
कहिले टोपी खस्ने भिरमा उकालिन्छन् त
कहिले चिप्लिएर खोल्सामा ओरालिन्छन्
धर्खरिंदा धर्खरिंदै रगताम्मे भएर
तातो बालुवाको पोलाई
अनि, काँडा र चुचे ढुंगाको घोचाइलाई

BhagwatiBasnet

युद्धको चोट

  • by

सूर्यको तेजिलो किरणमा आफूलाई नतमस्तक बनाएर पार्कमा सबैजना न्यानो रापमा मस्त थिए । सडक छेउछाउमा राता पहेला फूलहरू फुलिरहेका थिए । आकाश गहिरो निलो रंगमा टलटल टल्किएको थियो । जाडोको मौसम शुरु भएको छ । बिहानको घमाइलो वातावरणमा बूढाबूढी, आ-आफ्नो दौतारीसँग गफमा मस्त थिए । केटाकेटी मनमौजी उफ्रिदै खेल्दै थिए । एकजना बूढी आमा एक्लै बसेको देखेर म उनको नजिक गएर बसे । उनले निकै अगाडिदेखि आफूसँग कुरा गर्ने मान्छेको खोजीमा थिईन् । म नजिकै बसेर उनको कुरा सुन्न उत्सुक र लालायित देखेपछि उनी फुरुक्क हुदै, आफ्ना अतीतहरू सुनाउन लागिन् । म चाख लिदैँ उसको कुरा सुन्न थाले ।

सत्य कर्म गर्न पाए

सत्य कर्म गर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !
श्रेष्ठ बनी मर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !

चेतनाको आँखा खोली अँध्यारो यो संसारमा
शिक्षा ज्योति छर्न पाए सार्थक हुन्थ्यो म जन्मेको !