ks
अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, नोभेम्बर)
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा १०३ औं स्व. महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्तीका साथै आचार्य प्रभाको गजल संग्रह “असह्य चित्कार” तथा कोलोराडोबासी लेखकहरूका रचनाहरूका सँगालो “साहित्य संगम”को बिमोचन र अनेसास कोलोराडो च्याप्टरका नयाँ कार्यकारीणी समितिका पदाधिकारीहरूलाई पद हस्तान्तरण कार्यक्रम यही नोभेम्बर १८ तारिख आइतबारको दिन भब्यताको साथ सम्पन्न भयो ।

इतिहासमा उदयपुरे साहित्य
(१) परिचय
पूर्वाञ्चलका सोह्र जिल्लामध्ये भित्री मधेसमा पर्ने एक जिल्ला हो- उदयपुर । प्राकृतिक दृष्टिले धनी भए पनि पूर्वाधार विकासको कमीले पछ्यौटे जिल्लाकै रूपमा परिचित छ । समुद्री सतहभन्दा २२४५ मिटरको उचाइमा अवस्थित यसको क्षेत्रफल २०६३ वर्ग किलोमिटर छ । यसका पूर्वमा सुनसरी र धनकुटा, पश्चिममा सिन्धुली र केही मात्रामा धनुषा, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा, दक्षिणमा सिराहा र सप्तरी जिल्लाहरू सीमानाका रूपमा रहेका छन् ।
गुहार (लघुकथा)
प्रगतिवादी पथको यात्री ऊ अध्यात्मवादी हुदै होइन । मञ्चहरूमा भौतिकवादी दर्शनमा उभिएर भाषण गर्छ र पत्रपत्रिकाहरूमा यही दृष्टिकोणबाट लेखहरू लेख्छ । धामी, बोक्सी, देउता, परलोकादि कुनै कुरामा उसको विश्वास छैन । उसको चेतनाले अदृश्य ईश्वरलाई स्वीकार गर्दैन । अरुले देउता भनेका ढुङ्गालाई ऊ ढोग्दैन र फूलपाती चढाउँदैन । पण्डित, पुजारीबाट टीका थाप्न आफ्नो निधार अगाडि बढाउदैन ।
परारको साल उसले अधिकृत पदमा लोकसेवाको परीक्षा दिएर लिखितमा उत्तीर्ण भयो । अन्तर्वार्ताको दिन बिहानै उसले सबै देवी, देवताहरूलाई सम्झ्यो । पाठी, परेवा, बोका र भेटीपातीको भाकल गर्दै जानेका सबै देवी, देवता र तीर्थस्थललाई अनेक लोभ देखायो । आफूलार्इृ अधिकृतको अन्तर्वार्तामा पास गराइदिन आग्रह गर्दै यदि सफल भएमा ‘भाकल पूरा गर्नेछु’ भन्दै देवी, देवतालाई घूसको जाल फ्याँक्यो । अन्तर्वार्तामा पास भएर ऊ अधिकृत भयो । अब उसले आफ्नो पूर्व भाकल र बोलकबोल सबै बिस्र्यो । पूर्ववत् ऊ विशुद्ध भौतिकवादी भयो ।
मान्छे
सारा स्रिष्टिका जीवहरूमा सर्वश्रेष्ठ कहलाइएको,
मन-मुटुका साथमा अन्य प्राणी भन्दा हजारौं गुणा दिमाग रहेको,
अथाह जानकारी र सोचको नविनतम् भण्डारण र संचय,
उसले चाहेमा सम्पूर्ण मानव र लोकको कल्याण सम्भव ।
हो त्यही मान्छे, आज यस धरतिको अत्यन्त कुरुप,
सभ्यताको विरुद्ध द्रोही, ढोंगी अनि कृतघ्न,
आफ्नै मात्रिभूमिको छाती फोडेर तन्तनी रगत पिउँछ ।
हजुरआमा र वरको रुख
वर्षौंदेखि मेरा आँखा त्यही बूढो बरको रुखमा परिरहन्थे । बिहान, बेलुकी, दिउँसो राति सधैभरि त्यही कहाली लाग्दो बूढो रुख । चारैतिर हाँगाहरू छरिएर विशाल भू-भागमा फैलिएको त्यो रुख मैले जान्ने हुँदै पनि त्यस्तै थियो । मेरा दाजुहरूले जान्दा पनि त्यस्तै थियो रे । मेरा पिताजीले आमालाई विवाह गरी ल्याउँदा पनि त्यो त्यस्तै थियो रे । मेरी हजुरआमाले कहाँबाट हो कुन्नि ?

तिम्रो मुहारमा आभा चल्दैछ
स्वर्ग जस्तो संसारमा, सीता जस्ती नारी
परदेशबाट तिहार सम्झेर बिदा आयौ दाइ
लक्ष्मीले बास गरुन्
तिहार आयो धेरै आँशु, नझार्नु है बहिनी
चारै खुट्टा समाउँछ मान्छे