मेरो माया भुल्न तिमीलाई सजिलो भो
निष्ठुरी तिम्लाई भुल्न मलाई गाह्रो भो
मायाको शुरुवात तिमी नै गर्या’थ्यौ
प्रेम पत्र पहिले तिमी नै लेख्या’थ्यौ
आज तिम्रो चोखो माया कहाँ हरायो
निष्ठुरी तिम्लाई भुल्न मलाई गाह्रो भो
सँगै जीउने सँगै मर्ने कसम त खाया’थ्यौ
कहिल्यै न छुट्टिने वाचा पनि गर्या’थ्यौ
त्यो कसम त्यो वाचा कहाँ हरायो
निष्ठुरी तिम्लाई भुल्न मलाई गाह्रो भो
प्रेमको नाटक खेली माया जालमा फसायौ
अर्काकै हात थामी वैरी जीउँदै मार्यौ
तिम्रो हृदय कसरी अन्धो र बहिरो भो
निष्ठुरी तिम्लाई भुल्न मलाई गाह्रो भो
पहिलो र अन्तिम रोजाई मलाई नै भन्थ्यौ
तिमी बिना मर्छु प्यारो सधैँ भन्थ्यौ
प्रेम सफर आज किन यहीँ रोकियो
निष्ठुरी तिम्लाई भुल्न मलाई गाह्रो भो ।
चन्दन कुमार मण्डल
