Skip to content

ks

बिर्सेको छैन

  • by

बिर्सेको छैन ती वन पाखा, झ्याउरे र ठाडा भाका
साथीभाई अनि म भएँ टाढा, गाउँ भयो लाखा पाखा
बिर्सेको छैन त्यो तारे भीरमा, काँडेपात झारेको
त्यो ठाडो खोला हातमा समाई, उनीलाई तारेको

बिर्सेको छैन साबेते वनमा, त्यो टुसा भाँचेको
आधा पो घरमा लुकाको आधा, मायालाई साँचेको
बिर्सेको छैन पात बजाई बजाई, बोलाको छेउ छेउमा
नटेक भनी सम्झाको उनलाई, खोलीको लेउ लेउमा

बैगुनीले यथार्थमा

बैगुनीले यथार्थमा भुलिदियो गुन प्रिया
गुन भन्दा संसारमा मँहगियो सुन प्रिया

परिवर्तन् छ संसार अस्ति, हिजो, आज हेर
दाँजी हेरौं आकाशमा कलामुखी जून प्रिया

समय र ज्वारभाटा लिन्छ आफ्नो गति सधैं
अर्थ विहीन पसिना वग्न जान्छ खुन प्रिया

नेपालीय मैथिलीको अर्को उपहार – ‘भगजोगिन’ कविता सङ्ग्रह

  • by

राजविराज–८, सप्तरी निवासी, शिक्षा, सञ्चार र अन्य सामाजिक कार्यमा सक्रियताका साथ जुटिरहेकी जुझारु व्यक्तित्वको नाम हो– करुणा झा । साहित्यसाधकले जेजस्तो जीवन भोगेको छ, जुन कुरामा आफू रुझेको छ र जेले आफूलाई छोएको छ, त्यसलाई नै हुबहु लिपीवद्ध गर्छ । यसो गर्दा कतै आफूलाई चरम आनन्दमा पुर्याएका कुरा पर्न सक्छन्, कतै नराम्ररी बिझाएका कुराहरू व्यक्त हुन सक्छन् । साधक स्रष्टा मात्र नभई जीवन र जगत्को द्रष्टा पनि हुन पुग्छ । त्यस्तै आफूले भोगेको युगीन पीडा, छटपटी बेचैनी, सङ्गति–असङ्गति, आशलाग्दो समय र विरसिलो अवस्था सबैको प्रतिनिधित्व सर्जक झाबाट भएको छ ।

ChandanKumarMandal

एक नजर

  • by

मलाई चैन मिलेन, राति निद्रा आएन
जुन दिन तिम्लाई एक नजर देखिएन

के जादू तिम्ले गर्यौ, मेरो मन तिम्ले चोर्यौ
मेरो होसै उडाई, मलाई पागल बनायौ
यो मन तिमी बिना, जिउन मानिएन
जुन दिन तिम्लाई एक नजर देखिएन

पछाडिको ढोका

कुनै एउटा सानो शहरमा एकजना धार्मिक नेता दु:खी हुँदै भने – “हिजो मेरो मोटरसाइकल कहाँ हरायो होला ? कहाँ खोजुँ ?”

एकछिनपछि उनले टाउकोमा हात राखेर केही सम्झे झैँ गरी फेरि बर्बराए, “उफ्फ आज साँझमा पनि प्रबचन दिन जानु पर्ने छ कसरी पो जानु होला ?”

तीन टुक्राहरू

  • by

(१)

जनताको छाप्रोमा
एक सिता चामलको खोज छ
नेताको झुप्रो (?) मा
रोजाना भोज छ,
सहमतिको बैठक !
रिसोर्ट र तारेहरूमा मोज छ
के देख्नुपर्छ अहिले
सत्ता र वार्ताको गाइजात्रा रोज छ ।

BibekDulalChhetri-05

बिना कामको मान्छे

  • by

लाचार सडकहरू
रुन्चे हाँसो हाँसिरहेछन्
थकित पुलहरू पागल झैँ
अकारण खित्का छोडिरहेछन्
कुइनेटाहरू, कृष्णेभीरहरू
जोगीमाराहरू, त्रिशूलीका किनारहरू
खाना नखाएको बबुरो पीर लिएर
पिरोल्लिरहेछन्

नभेटे एकपल तिमीलाई

  • by

नभेटे एकपल तिमीलाई त्यसै बैरागिन्छु म
कहिलेकाहीँ भीड भाडमा पनि एक्लिन्छु म

तिम्रो याद मेरो जिउने सहारा बनेर होला,
नभेटे सपनीमा त्यसै त्यसै कहालिन्छु म,

तिम्रो त्यो मुहार देख्न, अनि बोली सुन्न नपाए,
सम्हालिनै गारो हुन्छ अनि भौन्तारिन्छु म,

धोका (लघुकथा)

  • by

सुरेश र बिनोद मामा फुपूको छोरा भए पनि उनीहरू साथी जस्तै थिए र भारतको कुनै विश्वविद्यालयमा सँगै पढ्थे । एक हप्ताको लागि कलेज छुट्टी भएको मौका पारेर बिनोदले सुरेशलाई भ्रमणको लागि लग्यो । तिमीले कहिल्यै नदेखेको अत्यन्तै रमणीय दृष्य देखाउँछु भन्दै विनोदले सुरेशलाई अनकन्टार ठाउँमा पुर्यायो । जहाँबाट आखाँले भ्याएसम्म कहीँ कतै पनि बस्ती देखिँदैन थियो । थाकेर लखतरान भएपछि सुरेशले बिनोदलाई सोध्यो, “तिम्रो रमणीय ठाउँमा कहिले पुगिन्छ ?”

कोशी टप्पुको अर्ना भैंसी (लघु-कथा)

  • by

हप्तौंदेखिको लगातार बर्षाले उर्लिएर आएको हेर्दै लाल सागर जस्तो देखिने कोशी नदी पार गरी एका बिहानै एउटा भिमकाय जंगली अर्ना भैंसी घनाबस्ती वीचको खेतमा धान माड्दै यता उता गरेको देखियो । गाउलेहरु कराउँन थाले, “लौ पारी जंगलबाट बडेमाको अर्ना आएर धान बाली नस्ट गर्न थाल्यो । यसलाई धपाउनु पर्छ । उनीहरुले बलियो यमानको देखिने जंगली अर्ना भाले हो कि पोथी हो भनेर छुट्याउन सकी रहेका थिएनन् । एक्लै दोक्लै नजीक जाँन कसैको आँट आउँदैनथ्यो ।

साहराको हात माग्दा

  • by

साहराको हात माग्दा खुट्टा तान्ने धेरै भेटिए
फूल गुच्छा दिनेलाई ढुंगा हान्ने धेरै भेटिए

गुण दोष छुट्याउने रुप कुनै कडी होइन
सम्पतिको चाल्नाभित्र नाता छान्ने धेरै भेटिए 

नारी अस्तित्व (सामाजिक कथा)

“सिरानघरे पन्डितको छोरा क्या त गोपाल साह्रै मिजासका छन् । समाजसेवामा लाग्या छन् रे । हेर्दा पनि खाइलाग्दा गाउँघरमा नि सबैको प्यारो भएर हिँडिरा’ छन् । हाम्री ज्योतिसँग राम्रो जोडा मिल्छ ।” गाउँका सबै भद्रभलाद्मी र आफन्तहरूद्वारा विवाहको लगन जुराए । बिचरी ज्योति यसैपाली प्रवेशिका परिक्षा दिएर बसेकी पराइघर, बुहार्तन र आफ्नो कर्तब्य नै कहाँ जानेकी थिई र ? नाइ-नास्ती गरी । तर त्यसै बलिको बोका झैं हार खाएर बसी ।

संसार छोड्नु पर्यो

  • by

नचाहेको कालो रात, फर्कनु आयो आज
कहिले न सुनेको कुरा, सन्नु पर्यो आज

मुटुभरि ब्याथा दियौ, आँखाभरि पानी
कहिले न खाएको चोट, सहनु पर्यो आज