ks
गण्डर्षिका कविताहरू पढ्दा पढ्दै
डा. टंकप्रसाद न्यौपाने लेख्नु हुन्छ – ‘काव्य सृजना प्रेरणा र प्रकाशनमा अरुलाई उत्प्रेरणा दिई काव्यिक वातावरण निर्माणमा जुटिरहने गण्डर्षि समसामयिक कविता धाराका प्रयोगधर्मी अस्मितावादी कवि हुन् ।’
नवलपरासी साहित्य परिषदका अध्यक्ष विष्णु लामिछाने लेख्नु हुन्छ – ‘साहित्यकार भू. श.भ. गण्डर्षि जिल्लामा साहित्य कर्मी र पत्रकारहरूका गुरू हुनुहुन्छ ।’
शंकर बश्यालको नजरमा – ‘गण्डर्षिका रचनाहरूमा नवीन प्रयोग धर्मी, अस्मितावादी, उत्तर आधुनिकतावादी सिधान्त देखापर्दछ ।’
गोविन्दराज विनोदी लेख्नु हुन्छ –’कवि समालोचक भूपेन्द्र गण्डर्षि प्रयोगवादी अस्मितावादी कवि र प्रभावबादी समालोचक हुन् ।’
लुटिएको अस्मिता
शहर कुनाको दुई तले घरको तल्लो तला ! माथिपट्टि सेतो बोर्डमा निलो अक्षरले लेखिएको थियो– “मेरी स्टप सेन्टर” । प्रायः ओहर दोहर गर्ने क्रममा देखिराखेकै परिचित ठाउँ भए पनि नियालेर खासै वास्ता गरिएको थिएन । तर आफ्नो गन्तव्य त्यहीसम्मको हुने निश्चित भएपछि नियालेर हेर्न बाध्य भए म । एकै छिनमा मेरा आँखा त्यही बोर्डमा ढोक्किन पुग्छन् । ठिक त्यही अगाडि बस रोकाउँछु र ओर्लिन्छु गाडीबाट । मसँगै एक जोडी अर्को पनि ओर्लियो ।
तीज फेरि आयो
तीज फेरि आयो । मलाई मन पर्ने पर्वमा तिहारपछि तीज प्रमुख हो । मैले कहिल्यै भगवानजस्तो पति पाऊँ भनेर व्रत बसिन । तर रमाइलोको लागि बस्थेँ बिहे पहिले पनि कहिलेकाहीँ । बिहेपछि भने परदेश नलागुन्जेल नियमित बस्ने गर्थेँ । परदेशिएका यता केही साल भने अलग धर्मी, अलग बातावरण र परिवेशका कारण नियमित हुन सकेको छैन । जुनाबेला म व्रत बस्थेँ । त्यो पनि भगवानलाई खुशी तुल्याउन या त्यसबाट पतिको आयु लम्ब्याउन पटक्कै होइन । म पूर्ण आस्तिक हुँ तर मान्छेको कष्टसाध्य कर्मले भगवान प्रसन्न हुनुहुन्छ भन्नेमा मैले तबबाट विश्वाश गरिन जबदेखि म केही बुझ्ने भएँ ।
घाँस खाने (लघु-कथा)
मानिसहरूले आफ्ना भनाइलाई रोचक बनाउन वा आफूले बोल्दा कुनै कुरा भुलियो अथवा सम्झिन समय लाग्ने भयो भने अनेक किसिमका थेगोहरू प्रयोग गर्छन् । कसैले “के भने देखिन्” भन्छन्, कसैले “हेरी यहाँ देखि” भन्छन्, कसैले “के भन्छन् त्यसलाई” भन्छन्, कसैले ‘चाहिने जो” भन्छन् । खोमदत्त बाजेले पनि बोल्दा प्राय: “घाँस खाने” भन्ने थेगो प्रयोग गर्थे । उनी त्यस इलाकाको नाम चलेको पुरेत हुन् । उनले न्वारन गरेका शिशुहरू जिल्लाका नेता, अभिनेता, कलाकार, शिक्षक, के भएका छैनन र ? भन्न त आफूलाई ब्यासमा बसेर पुराण भन्ने पण्डित नै हुँ भन्न खोज्छन् ।
अभागीको तीज
चारैतिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरूलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज । रेडियो, टेलिविजनमा तीज । जताततै तीजको लहर छाएको छ ।
आज त म पनि साथीहरूसँग किनमेल गर्न जाने योजना बनाएकी थिएँ, उफ ! कसो बिर्सिएनछु । छिटो छिटो तयार भएर लागे साथीको घरतिर । साथीको घरको गेटसम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर । सबै भएर लाग्यौ महेन्द्रपुलतिर ।
त्यो तारेभीर
‘यिनीहरूको आमा नभएर के भो त म नै आमा म नै बाबा बनेकै छु क्यारे ! ल हेर्नुस् त बिहानै यिनीहरूसँगै म त्यो डाँडा देखि झरेकै हुँ । बिहान एक्छिन् उसु खेल्छन्, त्यसपछि ट्युसन् अनि त्यसपछि स्कुल जान्छन् । भरे चाँहि साथीहरूसँग फर्किन्छन् ।” बडो शानका साथ कमानसिंह आफ्ना साथीभाइसँग भन्दथ्यो दुई छोराहरूलाई अघिपछि राखेर । यसो भनिरहँदा उस्को आँखाहरू भने फिटिक्कै साथ दिदैन्थ्यो । गम्भिर देखिन्थे ती जोर नयन । कता कता आफ्नो जीवनसंगीनीको अभाव त्यो निलो दहमा छचल्किन्थ्यो ।

सबिन – (बुबालाई देख्नेबित्तिकै) बुबा…आज पनि कार ल्याउनु भएन ?
जन्मेपछि मर्नैपर्छ यो त यहाँ रीत हो
(१)
तिमीसँग खाएको कसम
सेतो कपडामा दाग लागे मेट्न गारो हुन्छ
यहाँ हुनेको नै रेस्टुरेन्ट छ, बार छ
आज भोलि मलाई