पहिलो भेटमै अछुत यी हात नमाग
विश्वब्यापी तुच्छ हुँ म जात नमाग ।
अनायासै बिलाई गयो चाहाना र रहर
सातै जुनी सँगै बाच्ने बात नमाग ।
लुटिएको यात्री सरी छैन योबन कतै
क्षणिकताको प्यास मेट्ने रात नमाग ।
बैरी आयो बस्यो लुट्यो अंग अंग छामी
विश्वासको लाश उठ्यो बिस्मात नमाग ।
भावना “दोषी” थापा
झापा, नेपाल
हाल: बहराइन

nice is reality of human ,so
nice is reality of human ,so keep it up sis