Skip to content

ks

तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो

  • by

तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले

आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
अभिनय पो गर्यो लाग्छ तिमी दुखी हुँदा
त्यता दुख्दा यता मुटु गाँठो पार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले

RajuSyangtan

धनश्याम तिम्रो सम्झनामा

  • by

कहिले जलजलाको आगनमा चुँडिएको
जंगलीपातमा साम्यवादको अक्षर खोप्दै
कहिले माछापुछ्रेको काखमा लुकामारी खेल्ने
बादलको रेसाहरूमा गणतन्त्रको रंगिन सपना बुन्दै
एउटा अटल आस्था बोकेर
असमानताको बाँझो गराहरूमा
समानताको बाउसे बनेर हिँड्ने धनश्याम
आज कठै त्यही गराको साँधमा ढल्यो

संयोग

  • by

खै ? कताबाट शुरु गरौँ ? म यो कलमको गतिलाई । लेख्ने हातहरू थर-थर काँपिरहेका छन, मनमा एक पछि अर्को गर्दै विगतका धमिला तस्विरहरूले सुनामी ल्याई रहेका छन् । र त म अहिले, यो क्षण यर्थातको धरातलमा भासिन पुगेकी छु । मलाई के थाहा ? संयोगबस मोबाइलमा आएको एक कल फोनले डेढ दशकदेखि गुम्सिएर बसिभूत भएको मेरो विगतलाई शाक्षात्कार गर्ला भनेर । अनायासै भएको हाम्रो जम्काभेटले मलाई बर्तमानमा नराम्रो सँग थप्पड हानेको छ । वितग र बर्तमानलाई मनको तराजुमा राखेर तौलिने प्रयत्न गर्ने कोशिस गर्दैछु । कृपया तिमी नरिसाउनु ल !

राजनितिको घिन लाग्दो सहवास हेर

  • by

राजनितिको घिन लाग्दो सहवास हेर
एक अर्कामा प्रत्यारोपी बकवास हेर

आफू निर्दोष भन्दै दिन्छन् अर्कालाई दोष
नकाब खोली आफै गर्छन् पर्दाफास हेर

सर्दैछौ किन तिमी ? (तीन मुक्तक)

  • by

(१)
कहिले अघि कहिले पछि, सर्दैछौ किन तिमी ?
बुझेर पनि नबुझे झैं, गर्दैछौ किन तिमी ?
बहानाको अनेकौं चट्टानहरू बिछ्याएर,
अथाह मेरो माया, पछार्दैछौ किन तिमी ?

SuryaChemjong-02

रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ

  • by

रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ
मन त ढ़ुंगा कै भएदेखि जाती हुन्छ

जति सुकै आँधी हुरी वतास नै चलोस्
न त काँच सरी टुक्रा टुक्रा छाती हुन्छ

तिम्रै निम्ति मर्छु भन्ने

  • by

तिम्रै निम्ति मर्छु भन्ने बसाइ सारेपछि
मरेतुल्य भएकी छु म घात गरेपछि ।

तिमी बिना बाँच्दिन म भन्थे फकाउदा
नामो निशान छैन केही सारा हरेपछि ।

ब्याड

  • by

पट्पटी फुटेका बाझा गराहरूमा
निम्छरा बिरुवाहरू
रित्तो ब्याडमा
खै के टुसाउला र
मन त्यसै ओइली सक्यो
बाझा फोक्टाहरूमा
जताततै राटैराटा

LaxmiPokharel-02

मन मिल्ने साथी चाहिँदो रैछ

जिन्दगीमा मन मिल्ने साथी चाहिँदो रैछ
खोजेको जस्तो साथी भने नपाईँदो रैछ

कस्को मुटु जल्दैनर घर भत्किदिँदा
दिल कस्को रुँदैनर मायाँ मक्किदिंदा
शयौं चोटहरू बोकी बाँच्नु पर्दोरैछ
परेलीमा आँसु छोपी हाँस्नु पर्दोरैछ

क्रमभङ्ग (लघुनाटक)

  • by

(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ – नहुने काम भयो !
बिचार २ – कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ – नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !

समाजभित्र लागेको दाग माझेर हिड्नु छ

  • by

समाजभित्र लागेको दाग माझेर हिड्नु छ
हातमा हात काँधमा काँध राखेर हिड्नु छ

अगाडी बढ एक जुट भई नेपालका गहना
अन्याय र अत्याचारसँग बाँझेर हिड्नु छ
अभागी तिमी नबन कहिल्यै नखाऊ हरेस
क्रोधी दुष्टलाई खाडलभित्र खाँजेर हिड्नु छ

बिदेश यात्रा

  • by

धेरै बर्षको अथक परिश्रमपछि मात्र कूलदीप बजगाईँको बिदेश जाने सपना पूरा भयो । एउटा सानो छाप्रो घर, एक हूल गोरु, सानो बिरौटो खेत बेचेर मरितरी काठमाण्डौसम्म पुग्न सकिन्थ्यो होला, एक दुई दिन सम्म होटलमा बस्न पनि सकिन्थ्यो होला, तर सात समुद्रपारी पुग्न त्यति पैसाले कहाँ पुग्न सक्थ्यो र ? पैसा जोरजम गर्न के नै गरेन होला र बिचराले । आफूसँग भएको जायजेथा सबै पाशा फ्याँक्यो । साहू महाजनका खुट्टा ढोग्यो, ब्यापारीहरूलाई नमस्कार गर्यो, त्यही स्वास्नीको ईज्जतलाई दाउ लगाउन मात्र सकेन । आखिर घडीमा पैसा जुट्यो । कूलदीप बिदेश जाने भयो ।

मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ

  • by

मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ
नामर्द पनि, नामी कहलाउँछ यहाँ ।

सुद्धि, बुद्धि हराएका, अज्ञानी समाज,
जिउदै मानव पनि गलाउँछ यहाँ ।

ए ! मन्, तँ मूर्ख नबन्

  • by

तेरो पवित्र प्रेमसँग खेलवाड् गरी
तेरो आशा र विश्वासलाई निमोठेर
तँलाई मुर्दा बनाई पीडाको चितामा होमी जानेको निम्ति
कहिलेसम्म ?
उसको भ्रमात्मक प्रेमको घुम्टो ओढी उसलाई सम्झेर रुन्छस् ?

पर्खिरहुँला म ताराहरूको माझमा

  • by

पर्खिरहुँला म ताराहरूको माझमा
चाँदनी बनेर तिमी आउनु साँझमा

मनभरि गुन्गुनाई सपनाको गीत
दुई मुटु एक भई लगाउँला प्रीत
बादलुले छोपेर त्यो मुहार लाजमा
चाँदनी बनेर तिमी आउनु साँझमा

तिम्रो यादमा भुलिसकेँ

  • by

तिम्रो यादमा भुलिसकेँ सब संसारलाई आज
पागल सारी भई रहेछु छैन काम काज !
ऐना हेर्दा आफैलाई लाग्छ धेरै लाज
कसरी पो मुख देखाऊँ दुनियाको माझ !

अलिकति, सलाम, डर छ (तीन मुक्तक)

  • by

क्षितिज र सन्नटामा मन लुक्छ अलिकति
रेगीस्थानको बालुवामा मन सुक्छ अलिकति
नचाहेर नि अरूको देशमा पसेपछि मित्र!
स्वभिमानको कुना कुना मन दुख्छ अलिकति ।

बिछ्यौनामा परिछौ रे भेट्न आउँछु आमा

  • by

बिछ्यौनामा परिछौ रे भेट्न आउँछु आमा
भ्रष्ट्राचारी ज्यानमारालाई रेट्न आउँछु आमा ।

लुछाचुडी गर्दै नेता तिम्रो ईज्जत लुट्दै छन् रे
तिम्लाई लाको कालो दाग मेट्न आउँछु आमा ।