सर्दैछौ किन तिमी ? (तीन मुक्तक)

  • by


(१)
कहिले अघि कहिले पछि, सर्दैछौ किन तिमी ?
बुझेर पनि नबुझे झैं, गर्दैछौ किन तिमी ?
बहानाको अनेकौं चट्टानहरू बिछ्याएर,
अथाह मेरो माया, पछार्दैछौ किन तिमी ?

(२)
तिम्रो माया पाउँछु भनी, थापेको थिएँ हातहरू
आशाहरू निरासा भो, छुट्यो-टुट्यो साथहरू
असम्भव छ भनी जब तिमीले अस्वीकार गर्यो,
रुँदै-रुँदै बितेको छ, मेरा हर रातहरू ।

(३)
सम्झना र तड्पाईसँग, बात गरुँला
आँशुका ढीकासँग, हात साटुँला
आखिर मैले तिमीलाई नपाउने नै हो क्यारे,
आकाशको त्यही जून हेरी, रात काटुँला ।

पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्ज्याङ, सिन्धुली ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *