Skip to content

ks

DeepsShah-02

निला जीवित फर्की

  • by

इजरायलीहरू भेट् हुँदा, बिदा हुँदा अंगालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दा रहेछन् एकअर्कासँग। उनीहरूको यस्तो संस्कारले छक्क मात्र परिन निला शुरु-शुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे निला सन् २००८ मा ।

मायालु लोग्ने र दुई लाला-बाला छोडेर इजरायल उडेदेखि निलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी निलालाई इजरायलीहरूको यो अंगालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो।

जिन्दगीको जेल

  • by

जिन्दगीको परिभाषा नबुझ्दै
जीवनको अर्थ नलगाउँदै
एकाएक म अपराधी भैइछु
न मैले जीवन रङ देखेकीछु
न मैले जीवन बाँच्ने ढङ्ग सिकेकी छु
कसरी वैशं नफुल्दै कोपिलामै टिपिएछु?

ट्वाइलेट-भूत (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- (१) रमेश- (संस्थापक), (२) कृष्णप्रसाद- (प्रधानाध्यापक) र (३) श्यामदास, गेहेन्द्रभूषण, शारदारमण, तेजप्रकाश, रामबाबु, अशेष, सरुभक्त, ध्रुव, शारदा, बिमल, छायाँदत्त, कृष्ण र सौरभकिरण (क्रमशः नर्सरी, एल.के.जी., यू.के.जी., एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दस कक्षाका विद्यार्थीहरू ।)

(पूर्वपश्चिम फर्किएको चार तले स्कूल छ । कक्षाकोठामा शिक्षक र विद्यार्थीको सामान्य कल्याङ्मल्याङ् आवाज आउँछ । दुई घण्टी लागेको आवाज सुनिन्छ ।

किन यस्तो मान्छिन् उनी

  • by

माया साट्ने वाचा गर्दा मन दुख्ने मान्छिन् उनी,
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,

घाउहरू त चहराउँछन् प्रेम विछोड हुँदा खेरी,
आफु दुख्दा मैले हाँसे अति मिठो मान्छिन् उनी ।
मेरो माया अछुत छैन किन यस्तो ठान्छिन् उनी,

LilaRijal

गाउँको विकास (लघु कथा )

  • by

सुगमपुर गाउमा आज निकै चहल पहल छ । केही दिन अगाडिदेखि नै पर्टीका कार्यकर्ताहरूलाई मान्छे भेला गर्न भनेर खटाइएको थियो । सकेसम्म सहभगिता बढी जुटाउन भनेर प्रचार प्रसार गर्न कम्ती कसरत गर्नु परेको थिएन ।

मेहनताको फल मिठो हुन्छ भन्छन नि ! जे होस् आज थुप्रै मान्छे भेला भएका देखिन्छन । मंच रङ्गीचङ्गी तुलले बेहुली सिँगारिएझै सजिएको छ । कार्यकर्ता निकै मख्ख देखिन्छन ।

LaxmiPokharel

कसैलाई नमारौँ हजुर

  • by

जानी जानी वचनले कसैलाई नमारौँ हजुर
फूल फुल्न नपाउँदै कोपिलामै नझारौँ हजुर

छातीभित्र चोट लाग्दा दुख्ने मुटु सबैको हुन्छ है
मायाँ फुल्ने बगैँचामा घृणालाई नसारौँ हजुर

हैमा हार्ङ्लान सारी तैला (तामाङ गीत)

  • by

हैमा हार्ङ्लान सारी तैला पाङ्बा ङाला टु’जे
हैमा हार्ङ्लान ख्लारी न्हेला पाङ्बा ङाला सु’जे

नाख्रु म्हुसी टु तसी तैलाई म्हिला सारी
हैमा बिलाई अज्याबा बचन हामा ङाला नारि
यार्गो एला नाम्सा पाङ्बा छोर्बा तुजु म्हु’जे
साँच्चिन यार्गे हार्ङ्ला ख्लारी पाङ्बा ङाला सु’जे

फ्रन्टपेजमा डुबुल्की मार्दा

  • by

नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रुपमा आख्यान त्यसमा पनि कथालाई लिइन्छ । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरूलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् ।

म समयबाट डढेको ठुटो मान्छे र तिमी

  • by

म समयबाट डढेको ठूटो मान्छे
म चट्टानबाट चोइटिएको दर्शनढुंगा
म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल
म चामलभित्रको अमिल्दो धानको बिया
म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना ।

LNSubediHasti

समर्पण (कथा)

  • by

आकाश झन्डै झन्डै बौलाउन लागेको थियो । कहिले गडयांगगुडुंग गर्छ, कहिले हावा हुण्डरी चलेर टुडिखेल वरिपरिका लहरे पिपलका रुखहरू भाचौला झैँ गर्छ । यसो पानी परी गयो भने ओत लागौला भनेर म न्यूरोड छेउको नैन बसेरा नजिकै पुगेको थिए । अगाडि पट्टिबाट रातो साडीमा सजिएर आएकी बशुन्धरालाई मैले देखे । मलाई लख काट्न निकै धौ धौ पर्यो । पहिले त ऊ यसरी साडीमा सजिएर हिडेको कहिल्यै देखेको थिईन । तीन चार जना अरु एकै उमेरका जस्ता देखिने महिलाहरूसँगै ऊ अगाडि बढ्दै आई । पहिले मलाई हो कि होइन, हो कि होइन जस्तो लागेको थियो । उसको गालाको सानो दागले बसुन्धरा नै हो भन्ने पक्का भयो ।

तीन मुक्तक (फरक कुरा, अथाह बन्यो, कहिले होला)

  • by

(१)
घामको दिन जूनको रात, फरक-फरक कुरा ।
फुल्ने फूल नफुल्ने झारपात, फरक-फरक कुरा ।
त्यहाँ बसी किन तिमी गर्छौ विलौना ?
मानवलॊक र मसानघाट, फरक-फरक कुरा ॥

पर्खिरहनु तिमीले चाँदनी रातमा

  • by

पर्खिरहनु तिमीले चाँदनी रातमा
आउँदैछु लिई रातो गुलाब हातमा

प्रेमदिवस दिलको आज कुरा खोली
सँ-सँगै गरौं ज्युने बाचा मुक्तिनाथमा

हेर्दा हेर्दै (मधुपर्क २०६८ माघ)

  • by

एक स्रष्टाले कार्यकक्षमा पस्दै मसँग भन्नुभयो ः ‘सम्पादकज्यू ! मेरो कविता त ‘सहिद’ भयो कि क्या हो ? अझै छापिएन ।’