जिन्दगीमा मन मिल्ने साथी चाहिँदो रैछ
खोजेको जस्तो साथी भने नपाईँदो रैछ
कस्को मुटु जल्दैनर घर भत्किदिँदा
दिल कस्को रुँदैनर मायाँ मक्किदिंदा
शयौं चोटहरू बोकी बाँच्नु पर्दोरैछ
परेलीमा आँसु छोपी हाँस्नु पर्दोरैछ
जीवनमा आउँदो रैछ नसोचेको पल
नियतिले गर्दो रैछ कहिले काहीं छल
बिपत्तीमा आफ्नै मान्छे टाढा हुँदोरैछ
फूल जस्तो मायाँ पनि काँडा हुँदोरैछ
रचना लक्ष्मी पोखरेल
काठमाडौं, कपन
हाल, इजरायल
ज्ञानका कुन्ज कवि साहित्यकार
ज्ञानका कुन्ज कवि साहित्यकार सव बिदेश पलायन
भेंडी गोठला,गाई गोठला,भैंसी गोठलाले देश चलाए
बिद्द्वानहरु सव बिदेश पलायन भए ,गोरुले देश जलाए
जसले जे भने पनि तिनै गोरुहरूले पैंसा र नाम कमाए