Skip to content

ks

अभिभावकको जिज्ञासा : प्रधानाध्यापकको जवाफ

  • by

म तपाईंकी छोरी सामना पढ्ने विद्यालयको प्रधानाध्यापक हुँ । आज म शैक्षिक प्रशासन र शिक्षण कार्यका दौडानमा आएका तपाईंहरूका गुनासाहरूलाई सम्बोधन गर्न अग्रसर भएको छु ।

अहिलेको समय

  • by

अन्तिम लागेको छ मलाई
स्पर्शहरू, न्यानाहरू, प्रेमहरू
अन्तिम मोडहरूबाट
हात हल्लाए सरी
विलीन हुदैछन आफनो गन्तव्यमा
भोलि फर्किदैनन् कि भनी
एउटा अन्तिम आशँका
घर वनेको छ
अचेल !

दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि

  • by

दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि
खोले भाँडो बाँडी खाउँला जून तारा मागिन नि ।

मुस्कुराए सामु पर्दा म त जून मानिदिन्छु
किन रुन्छौ सुक्क सुक्क आँशु धारा मागिन नि ।

20120331_DeepsShah_Lekh

‘यात्रास्पर्श’ पाठकीय अनुभूति

  • by

परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर। उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो साहित्यफाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनि पाइलाहरूका डोब, “यात्रास्पर्श” नियात्रा सँगालो उनैद्वारा सम्पादित। उसो त सिरानीमा बन्दुक घुसारेरै, काँधमा राइफल भिरेरै पनि शाब्दिक बम्बारी गर्ने यी साधकका अन्य कृतिहरू बजारमा छाइसकेको छ।

मेरो अनुरोध

  • by

साँईला तिमी कहिले नरुनु ल
आँखाबाट आँशु
ए हैन हैन
मोतीका दाना नझार्नु है
किन थाहा छ?
किनकि आँशु खस्दा
मोती झर्दा
सम्पन्नता पनि त खस्किन्छ
के तिमी विपन्नतामा बाँच्न सक्छौ र?

आर्थिक मन्दीले रनमायाको ब्यापार घटेको छ

  • by

परदेशका उराठलाग्दा दिनहरूको न्यास्रो, थकाइ र एक्लोपनलाई मेटाउँदै केही मनोरञ्जन गरौं भनी मेरो एक जना साथीले गएको डिसेम्बर महिनाको अन्तिम शुक्रबारका दिन उसको कोठामा साँझको खानको लागि बोलायो । आफ्नो ड्यूटी सकेर हतार हतार गर्दै म पनि उसको बासस्थान तर्फ लागें । आफ्नो गच्छेअनुसार खाना पिना समयमा नै बनाएछ । म पुगेपछि उसका अरु दुई जना साथीहरू पनि आए । सामान्य चिनाजानी भएपछि साथीले एउटा म्याकडोयल्स्को बोतल खाट मुनितिरबाट निकाल्यो । सलाद र केही स्नयाक्स् एउटा प्लेटमा सजाएर खाजाको बोतल गिलासमा अलि अलि खन्यायो ।

मेरो देश

  • by

लेखक जति मंत्री बने सजाउँथ्यो कि मेरो देश !
बेलैमा लेखी संविधान बचाउँथ्यो कि मेरो देश !

कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण
आदर्श कार्य आफै गरी जगाउँथ्यो कि मेरो देश !

पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक

  • by

पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक
चिर्छ, गिजोल्छ झुर समय पटक पटक

देखे पनि नदेखेको अभिनय गर तिमी
बिल्छ, छिचोल्छ असुर समय पटक पटक

सभ्य र ठाँटिला भिखारी

  • by

माथि गगन होइन रुपहिन आलोक मात्र छ
सपना बोकेर उडिरहेको वादल मात्र छ
यहाँ सृस्‍टिको अनेक सृजना हरू रहेको छ
जसलाई जोगाउन पनि उस्तै कठिन परिरहेको छ
यहाँ छन कोलाहल र युद्ध बोकेका मुर्त शहरहरू

‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र

श्रद्धेय कवयित्रीज्यू,

आज बल्ल फुर्सद मिल्यो । साहित्यका कुरा गर्ने अवसर भेटियो । मैथिली भाषाको हिजो र आज केलाउन पाइने भयो । कामको कुरा छैन, सिर्जनाको कुरा मात्र गर्दै छु । साझा प्रकाशनले सप्तरीका साहित्यसाधक गुरुवर देवेन्द्र मिश्रको ‘बगिया क गाछ’ बालकथा सङ्ग्रह पछि तपाईंको ‘भगजोगनी’ कविता सङ्ग्रह हालै प्रकाशित गरेको पाउँदा खुशी लाग्यो । सम्झेर किताब पठाउनु भएछ । पढ्न पनि पाइयो ।

20120328_BinaTamang_News

बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

  • by

शिवपुरीको फेदीमा लतमन्न सुतेको नारायणथान अर्थात पवित्र धाम बुढानीलकण्ठमा मिति २०६८ चैत्र ११ गते शनिवार बाग्द्वारा साहित्य समाजले कवि ‘वियोगी’ बुढाथोकीको प्रमुख आतिथ्यमा उत्तर भेगीय अन्तरस्कूल कविता प्रतियोगिता सम्पन्न गरेको छ।

मालिकका पूजारीहरु (लघु कथा)

  • by

गएको महिनाको अन्तिम सप्ताहतिर मधेशका भूमिपति, ब्यापारी तथा समाजसेवी गजानन्द तिवारीको घरमा भएको ज्याफ्री नाम गरेको पोथी कुकुरको पाचौ वर्ष प्रवेश गरेको अवसरमा भव्य तरिकाले जन्म दिन मनाईयो । ज्याफ्री भारतका लकडीका नामूद ब्यापारी नवासी लालले गजानन्दकी माहिली श्रीमती अम्बिका देवीलाई तीन वर्ष अगाडि उपहार स्वरुप दिएका थिए । एउटा सानो फूर्लुंगमा राख्दा पनि हुने, यसो खोकिलातिर बोकेर हिडे पनि हुने, बडो मज्जाको कुकुर लाग्छ ज्याफ्री ।

KeshavBhattarai

समृधिको कामना

  • by

नेपाली गिरिका सुरम्य रचना मेरै नागिच्मा छ नि
पाहाडी वनका सुदिव्य झरना संगै लिए जन्मनी
खुल्ला फाँट तराइका चहुरमा मेची र काली सदा
नित्यै गर्दछु देश भक्ति म यहाँ समृधिको कामना

सोचेजस्तो उपलब्धि नपाएको कार्यक्रम

  • by

बाडिगार्डसहित भित्रिएका शिक्षामन्त्री प्रदीप नेपाल सोझै मञ्चमा चढेर सगोलमा नमस्कार टक्र्याए ।

उनको ‘मुक्त आकाशको खोजी’, ‘खुइते कडेरिया’, ‘नओइलिने फूल’ र पत्रिकामा उत्रिएका संस्मरणहरू सङ्खुवासभाको २०४१ सालतिर वाना बसाइमा मैले पिएको । ६० वर्षपछि राजनीतिबाट सन्यास लिएर साहित्यमा पूरा समय दिने उनको विचारले त्यसप्रतिको उनको कामुकता (समर्पण) व्यक्त हुँदैन । जागिरबाट अवकाश हुने जागिरे साहित्यकार साहित्यमा होमिन खोजे जस्तै त्यो हो ।

भाग्यमानी रैछौ सरु (सवाल-जवाफ)

  • by

भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे ।

मेरो शहर कति झल्ला छ

  • by

यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ ।