ks
‘यात्रास्पर्श’ पाठकीय अनुभूति
परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर। उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो साहित्यफाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनि पाइलाहरूका डोब, “यात्रास्पर्श” नियात्रा सँगालो उनैद्वारा सम्पादित। उसो त सिरानीमा बन्दुक घुसारेरै, काँधमा राइफल भिरेरै पनि शाब्दिक बम्बारी गर्ने यी साधकका अन्य कृतिहरू बजारमा छाइसकेको छ।
आर्थिक मन्दीले रनमायाको ब्यापार घटेको छ
परदेशका उराठलाग्दा दिनहरूको न्यास्रो, थकाइ र एक्लोपनलाई मेटाउँदै केही मनोरञ्जन गरौं भनी मेरो एक जना साथीले गएको डिसेम्बर महिनाको अन्तिम शुक्रबारका दिन उसको कोठामा साँझको खानको लागि बोलायो । आफ्नो ड्यूटी सकेर हतार हतार गर्दै म पनि उसको बासस्थान तर्फ लागें । आफ्नो गच्छेअनुसार खाना पिना समयमा नै बनाएछ । म पुगेपछि उसका अरु दुई जना साथीहरू पनि आए । सामान्य चिनाजानी भएपछि साथीले एउटा म्याकडोयल्स्को बोतल खाट मुनितिरबाट निकाल्यो । सलाद र केही स्नयाक्स् एउटा प्लेटमा सजाएर खाजाको बोतल गिलासमा अलि अलि खन्यायो ।
‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र
श्रद्धेय कवयित्रीज्यू,
आज बल्ल फुर्सद मिल्यो । साहित्यका कुरा गर्ने अवसर भेटियो । मैथिली भाषाको हिजो र आज केलाउन पाइने भयो । कामको कुरा छैन, सिर्जनाको कुरा मात्र गर्दै छु । साझा प्रकाशनले सप्तरीका साहित्यसाधक गुरुवर देवेन्द्र मिश्रको ‘बगिया क गाछ’ बालकथा सङ्ग्रह पछि तपाईंको ‘भगजोगनी’ कविता सङ्ग्रह हालै प्रकाशित गरेको पाउँदा खुशी लाग्यो । सम्झेर किताब पठाउनु भएछ । पढ्न पनि पाइयो ।
मालिकका पूजारीहरु (लघु कथा)
गएको महिनाको अन्तिम सप्ताहतिर मधेशका भूमिपति, ब्यापारी तथा समाजसेवी गजानन्द तिवारीको घरमा भएको ज्याफ्री नाम गरेको पोथी कुकुरको पाचौ वर्ष प्रवेश गरेको अवसरमा भव्य तरिकाले जन्म दिन मनाईयो । ज्याफ्री भारतका लकडीका नामूद ब्यापारी नवासी लालले गजानन्दकी माहिली श्रीमती अम्बिका देवीलाई तीन वर्ष अगाडि उपहार स्वरुप दिएका थिए । एउटा सानो फूर्लुंगमा राख्दा पनि हुने, यसो खोकिलातिर बोकेर हिडे पनि हुने, बडो मज्जाको कुकुर लाग्छ ज्याफ्री ।
सोचेजस्तो उपलब्धि नपाएको कार्यक्रम
बाडिगार्डसहित भित्रिएका शिक्षामन्त्री प्रदीप नेपाल सोझै मञ्चमा चढेर सगोलमा नमस्कार टक्र्याए ।
उनको ‘मुक्त आकाशको खोजी’, ‘खुइते कडेरिया’, ‘नओइलिने फूल’ र पत्रिकामा उत्रिएका संस्मरणहरू सङ्खुवासभाको २०४१ सालतिर वाना बसाइमा मैले पिएको । ६० वर्षपछि राजनीतिबाट सन्यास लिएर साहित्यमा पूरा समय दिने उनको विचारले त्यसप्रतिको उनको कामुकता (समर्पण) व्यक्त हुँदैन । जागिरबाट अवकाश हुने जागिरे साहित्यकार साहित्यमा होमिन खोजे जस्तै त्यो हो ।

अन्तिम लागेको छ मलाई
दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि
साँईला तिमी कहिले नरुनु ल
पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक
माथि गगन होइन रुपहिन आलोक मात्र छ
तिमीसित मैले भेट्दाखेरीको
नेपाली गिरिका सुरम्य रचना मेरै नागिच्मा छ नि
भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
यहाँ