Skip to content

ks

20120212_BinaTamang_News

सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प

  • by

यही २०६८ साल पुस ३० गते शनिवारको दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरूको उपस्थितिमा वाण गंगा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कवि गोष्ठी आयोजना गर्यो ।

NandaLalAcharya

नलिने मन भए पाए जति फर्काऊ (बाल-गजल)

  • by

नलिने मन भए पाए जति फर्काऊ बाबू
कुरूप इतिहास चै सके जति मर्काऊ बाबू ।

भोलिका रवि हौ, आजैदेखि कम्मर कसेमा
सक्छौ तिमी जित्न, थोत्रा हूल हर्काऊ बाबू ।

सारा युरो , डलर मै छाप्ने गर्छु !

एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ

मेरी काली उनीलाई

नसम्झेको हैन मैले मेरी काली उनीलाई
नलाएको हैन माया हाम्रो जुनीभरिलाई !
नगाएको हैन गीत उनको याद आइदिँदा
नगरेको हैन प्रीत उनी टाढा भइदिँदा !!

के पिउनु जब एक्लै तिम्रो साथ हुन्न

के पिउनु जब एक्लै तिम्रो साथ हुन्न
नशा त्यो नशा होइन जसमा मात हुन्न

सुनसान छ मौसम त्यहाँ हामी दुई
के मज्जा भो पिउनुको जब रात हुन्न

एकता

  • by

रबिलाल गाउको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु, अरूको के नै खाइएको छ र ! ऊ यस्तै सोच्थ्यो । फल त उस्ले आफ्ना स्वास्नी र छोरा छोरीहरूलाई इस्ट मित्र, छिमेकीहरूसित त्यति बोल्न दिदैनथ्यो। यतिसम्म कि बोलेको चाल पाएमा किन गएको भन्दै केरकार गर्ने गर्दथ्यो।

गाउमा अर्को एउटा उस्को साथी पनि थियो दिलप्रसाद । दिलप्रसाद उस्को स्कूलदेखिकै साथी हो। दिलप्रसाद पहाडबाट बसाइ सरेर अहिले रबिलालकै छिमेकीको रूपमा बस्न थालेको छ।

मुटु माग्यौ बस्नलाई दिएँ जाना-जानी

  • by

मुटु माग्यौ बस्नलाई दिएँ जाना-जानी
धुजा धुजा भयो मुटु सिएँ जाना-जानी ।

मेरो चोखो मायालाई स्वार्थि नाम दियौ
दुखे अनि एकान्तमा खिएँ जाना-जानी ।

आजभोलि आफ्नै जिउको ब्यपार

  • by

आजभोलि आफ्नै जिउको ब्यपार तिमी गर्दै छौ रे
महिनाभरको आय ब्याय हिसाब किताब भर्दै छौ रे ।

नत भाउँ गट्ला नै छ न त ब्यपार बन्द होला
दुई तीन ईन्चको सटर खोली पुरुषार्थ हर्दै छौ रे ।

जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ

  • by

नूतन र पुरातन युगको संक्रमणमा उभिएर
मैले बिजयको हात हल्लाएको त्यो दिन
तिमी आफैं भन्नेछौ
हाम्री छोरी महान छे !!!

ManojKafle-03

आशमात्र देखायौ हरबात तिमीले (गजल-१२०)

  • by

आशमात्र देखायौ हरबात तिमीले
अनि सुम्सुम्यायौ दुई हात तिमीले ।

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केही रात तिमीले ।

SurajGiri-03

कालो टोपी (कथा)

  • by

पक्की भवनमा हिमालको झैं चुचुरो उठाएर बनेका भवन, बाटो छिचोल्न समस्या पर्ने सडक गल्लीहरू र मानिसहरूको भीडभाडले दैनिक कामको लागि समयमा अफिस वा अन्य ठाउँमा पुग्नु पर्ने यात्रीहरूलाई पनि निकै गाह्रो पर्ने यो गाउँ नभएर एउटा प्रख्यात अनि विश्वमा चिनिएको नामी शहर थियो । यसको नाम राजधानी भनेर चित्रित गरिएको शहर हो । यहाँको जनघनत्व देख्दा यस्तो लाग्दथ्यो कि पुरै देशका मानिसहरू केवल यही शहर भित्र कोच्चिएर बसेका छन् ।

अँझै ऊ फर्केन

  • by

ऊ अश्वासनका बिटाहरू बोकाएर
गएको ५ बर्ष भयो
ऊ अझै फर्केन ।
ऊ गाउँलेलाई
बिजुली दिन्छु भन्थ्यो
ऊ गाउँमा बिकास छर्छु भन्थ्यो
तर अझै ऊ फर्केन।

धन पैसा कमाउदा आनन्दै छ जिन्दगी

  • by

धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
सँग-सँगै रमाउदा आनन्दै छ जिन्दगी

जङ्घारमा साथ दिने मेरी यौटी प्रियसी
उन्ले हात समाउँदा आनन्दै छ जिन्दगी

फूल सम्झी टिप्न खोजें

फूल सम्झी टिप्न खोजें ओइलिएको पात रैछ
आफ्नो भनी साथ दिएँ कुल्ची हिंड्ने लात रैछ

सोचिरहें जीवनभरि होला एउटै मुटु भनी
तिमीलाई आफ्नो ठान्नु मात्र ठूलो घात रैछ

मोवाइल-गाथा (बाल-एकाङ्की)

  • by

पात्रहरू ः- १३, १४ वर्षका अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइलको तर्फबाट बोल्ने अर्को एक पुरूष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।)

अहिल्या ः (खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।

काले-काली (तीन मुक्तक)

(१)
जिन्दगी संघर्ष हो, धेरै हरेश नहोऊ ‘काली’
बितेका ती पलहरु, सम्झेर अव नरोऊ ‘काली’
हार पछि जीत पनि पछ्याउँदै आउँछन् अरे,
नया सपना संगालेर, लड्न तयार होऊ ‘काली’