ks
त्यो नयाँ गोरेटोमा
एकातिर मुस्तांग हिमाल अर्कोतिर डामोदर हिमालको काखमा एक अत्यन्त सुन्दर गाउँ अबस्थित छ। बिकट गाउँ भए पनि प्राकृतिक रुपमा अत्यन्त धनी छ मार्फा। नेपाली साहित्यका महान सृष्टा भूपी शेरचनको जन्मस्थान मार्फा आफैमा सृजनशील छ। आदणीय र गरिमामय छ। माथि माथि बुकी फलेको रानीबन। तल बग्ने मुस्तांग खोला। बिचमा फराकिलो गाउँ। ती नाँगा पहाडहरू खोपेर बनेका बिसाल बिसाल बुद्धका गुफाहरू मानौँ चमेरा लुक्ने ओडार जस्तादेखिन्छन। याक चौँरी अर्ना भेँडाको बथान चरिरहेका। अर्कोतिर डाँफे न्याउली र अनगिन्ती चराहरू भएको। फापरको फुलैफुलदेखिने।
सङ्क्रमणकाल
सङ्क्रमणकाल यस्तो सन्धिक्षण हो जसमा नयाँ आउने परिवर्तनको आशा हुन्छ र पुरानो व्यवस्था अन्त्यको पर्खाइमा हुन्छ । यो प्रसव पीडाजस्तो हो जसमा केही नयाँ कुरा प्राप्तिको आशाका साथै पीडा पनि हुन्छ । नयाँ कुरा प्राप्तिको कल्पनाले मन पुलकित हुनु यसको एउटा पाटो हो भने. पुरानो व्यवस्था फाल्दाको अप्ठेरो परिस्थिति अर्को पाटो हो । यो एक किसिमको द्वन्द हो जुन सङ्क्रमणकालग्रस्त हरेकले भोगिरहेको छ ।
साना गुरुहरू (बाल-एकांकी)
पात्रहरू : (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश
(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रूख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका चार जना केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई हकार्न थाल्छ ।)
भद्रकुमारी घले ः परनिर्भरवादी र नमुनाकी एउटी महिला
मोर्निङ स्टार स्कुलको कम्पाउन्डमा भटभटे पसाएँ । मान्छेको जमघट सुरु । “रुसीसांस्कृतिक केन्द्रको कार्यक्रममा पनि तपाईँ हुनुहुन्थ्यो,” इन्दिरा अर्यालले दाबी राखिन् ।
“म नै हो त पक्कै ?” मैले मुस्काउँदै भनेँ ।
“तपाईँ नै हो ।”
मेरो जीउमा बेरिएको साङ्लोको झुत्ता देखाउँदै मैले सोधेँ, “यही साङ्लोले ख्याल गर्नु भा’को होला ह कि ?”
मुखियाबाको बखान
कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कुरा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् –
चण्डीनाचको प्रारम्भ
खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् ः-

हिमचुलीको खोलाबाट बगिदिए पनि
पराईले सिउँदो भरी उस्को डोली चढ्दा तिमी
झुकेर म पाउ तिम्रो छुन पाइरहुँ
(१)
उनकै झल्को झल्झली आइरहन्छ
ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ
राति १२ बजे
आज संसारमा कालो बजार छ
तिम्रो यादमा आजभोलि नशा पिउदै छु
सायद कल्पनामा म पनि उँडिरहे