टुक्के दिदी (बाल-एकांकी)
पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला
(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

सपनालाई तामेलीमा राखेर
भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुईचार छिटा पानी मसम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो दर्के झरीले मलाई जहिल्यै रुवाउँछ । टिनको छानोमा बजारिएर झरेको बेफुर्सदी बलेसीको धारो या त बारीको मकैको पातबाट एकनासले आउने झरीसँगीतको कति मिठो सम्झना दिलाउँछ यो झरीले र सम्झनाको पाखोबारी छिचोल्दै कति उकुसमुकुस अतित बगेर जान्छ आँखाबाट। परदेशको झरीमा जे छ सब बिरानोपन न छ र त बाहिर आकाश रोइरहेछ बादलको चित्कारसङ्गै, भित्र म रोइरहेछु मौन मौन ।
बिहानै गर्जेर उसले भन्यो
उस्तै छाला उस्तै हाड
रूझेर झरीमा परेली त्यो झिमझिम थियो
मृत्यु भएर सालिकहरू नै
अंग्रेजहरू मनाउँछन् अँगालोमा बेरेर,
खाएका कसम भुलेको छैन
जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
म उस्तो पुरातनवादी र अध्यात्मवादी मान्छे त होइन । यद्यपि मलाई आज जीवनको यो मोडमा आएर यस्तो अनुभूत भइरहेछ -कुन जन्मको कस्तो अक्षम्य अपराधको दण्ड स्वरुप मान्छे लेखक हुन्छ ? र मैनबत्तीझैं आफू पग्लिएर अविरल अश्रुधारा बगाउँदै अरुलाई उज्यालो दिन्छ ? किन लेख्ने-सबैद्धारा उपेक्षित यस्तो अनुत्पादक र अपाहिज साहित्य ? कतै अन्तरवार्तामा कवि- लेखकहरू उत्तर दिन्छन् -‘म आत्मसन्तुष्टिका लागि कलम समाउँछु ।’ हो, जीवनको एउटा पाटो त आत्मसन्तुष्टि नै हो । तर अर्को प्रमुख र सामाजिक पाटो भनेको अर्थ र दर्जा हो । के साहित्यले धन र पद दिन्छ ? अभावको पासो फुकाउछ कि फुकाउदैन साहित्यले ? समस्याको नदी सुकाउछ कि सुकाउदैन साहित्यले ?
तिमी फुल्यौ भन्ज्यांग पारी म चै परेँ वारी
यो दिलकुमारको इति बृतान्त हो । अर्थात दिलकुमार नेम्बाङ्गको कथा हो। पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ती पहिलो पल्ट टेकेको यो युवक आफ्नो बाजे र एक्ली आमाको पालन पोषणमा हुर्कियो। बाबु चाहिँ इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्धमा बितेपछि हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई मेट्रिकसम्म पास गराउन सफल भयो। क्याम्पस पनि गयो तर त्यसपछिको पढाइ चाहिँ बिचमा छोडि दियो दिलकुमारले। पढाइ छोड्नाको कारण कथामा तल आउछ। किनकि कथा भर्खर शुरू भएको छ, सकिएको छैन।
आज पनि तिम्रो फोटो हेरी रात काटेँ
(१)