Skip to content

ks

टुक्के दिदी (बाल-एकांकी)

  • by

पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला

(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

स्वघोषित बन्दी

  • by

सपनालाई तामेलीमा राखेर
रहरहरू फुलाउन चाहन्थे
जिजीविषा थियो ऐशले बाँच्ने
मृगतृष्णा थियो सुन्दर जीवन जिउने
तर आज मैले रहरहरूको दाग बत्ती दिए
सपनाहरूले आत्मा हत्या गरे पछि,
जिजीविषाको गला रेटेर
आज म हत्यारो भएको छु

झरी फेरि दर्किन थाल्यो

भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुईचार छिटा पानी मसम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो दर्के झरीले मलाई जहिल्यै रुवाउँछ । टिनको छानोमा बजारिएर झरेको बेफुर्सदी बलेसीको धारो या त बारीको मकैको पातबाट एकनासले आउने झरीसँगीतको कति मिठो सम्झना दिलाउँछ यो झरीले र सम्झनाको पाखोबारी छिचोल्दै कति उकुसमुकुस अतित बगेर जान्छ आँखाबाट। परदेशको झरीमा जे छ सब बिरानोपन न छ र त बाहिर आकाश रोइरहेछ बादलको चित्कारसङ्गै, भित्र म रोइरहेछु मौन मौन ।

उस्तै छाला उस्तै हाड

  • by

उस्तै छाला उस्तै हाड
उस्तै ती नशाहरू
उस्तै मासु उस्तै रगत्
उस्तै ती बहावहरू
उस्तै मुटु उस्तै धड्कन
उस्तै ती श्वासहरू
उस्तै आँखा उस्तै नजर
उस्तै ती दृश्यहरू

सीप (बाल-एकाङ्की)

पात्रहरू ः-(१) शारदा (अधवैँसे विवाहित मेहनती नारी), (२) बब्लु (रक्स्याहा र अर्धसिल्ली भनेर चिनिने अधबैँसे शारदाको पति), (३) मोनिका (३ वर्षकी बालिका), (४) मदन (मेहनती ११ वर्षको बालक) (५) धुथर (५५ वर्ष नाघेको साहू) (६) नेपथ्यमा अरू मानिसहरू ।

(काँधमा घन र हातमा छिनु बोकेर कतै जान उभिएको मदन देखापर्छ । शारदा सुसेधन्दामा व्यस्त छिन् । मोनिका मस्त निधाइरहेकी छे । बब्लु भने ओल्टेकोल्टे फेर्दै ओछ्यानमै लडिरहेको छ ।)

रूझेर झरीमा परेली त्यो

  • by

रूझेर झरीमा परेली त्यो झिमझिम थियो
रूझेका थ्यौं दुबै जना झरी सिमसिम थियो

अपरिचित आँखाहरू लड्नथाल्दा आपसमा
यस्तो लाग्यो हाम्रो पैले देखी हिमचिम थियो

20120303_AcharyaPrabha_03

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, फेब्रुवरी)

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबारको कवि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।

सालिकहरूको मृत्यु

  • by

मृत्यु भएर सालिकहरू नै
सालिक बनेकाछन्
सालिकहरूको मृत्यु भएर
घलौट का मूर्तिहरू
उभिएकाछन् चोकहरूमा,
धलौटका मूर्तिहरू,
अनेक प्रतिकहरू,
पनि त’ बन्दछ रे ।

बेमौसमी बर्षातले माथैभरि चुटेर गयो

  • by

बेमौसमी बर्षातले माथैभरि चुटेर गयो
खुशी काँच-चुरासरि लाउँदा लाउँदै फुटेर गयो ।

कति लाचार भयो जीवन निरसमा बद्लिएर
आश देखाई भाग्यले नै सारा हाँसो लुटेर गयो ।

हेपी भ्यालेन्टाइन डे

  • by

अंग्रेजहरू मनाउँछन् अँगालोमा बेरेर,
इण्डियनहरू मनाउँछन् झ्यालबाट हेरेर,
नेपालीहरू मनाउँछन् कागजमा केरेर
आज के रहेछ पर्व भनन न साथी हेई,
सबैको मान्यता हेपी भ्यालेन्टाइन डेई ।

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ

  • by

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ
अजम्बरी को नै छ र? पक्कै पनि मर्नै पर्छ

बाँचुन्जेल हाँसौ खेलौं किन गर्नु रिस राग
हातेमालो गरौं अब लौ न जन अब जाग
यदि तिमी मान्छे हौ त मन्का ईर्ष्या हर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ

जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो

जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
जोगाएको अलिकति सास बाँकी थियो

गरिबीको रेखाभित्र खुम्चिएरै बसेँ
छाक टार्न अन्न दुई गाँस बाँकी थियो

लेख्नुको पीडा !

  • by

म उस्तो पुरातनवादी र अध्यात्मवादी मान्छे त होइन । यद्यपि मलाई आज जीवनको यो मोडमा आएर यस्तो अनुभूत भइरहेछ -कुन जन्मको कस्तो अक्षम्य अपराधको दण्ड स्वरुप मान्छे लेखक हुन्छ ? र मैनबत्तीझैं आफू पग्लिएर अविरल अश्रुधारा बगाउँदै अरुलाई उज्यालो दिन्छ ? किन लेख्ने-सबैद्धारा उपेक्षित यस्तो अनुत्पादक र अपाहिज साहित्य ? कतै अन्तरवार्तामा कवि- लेखकहरू उत्तर दिन्छन् -‘म आत्मसन्तुष्टिका लागि कलम समाउँछु ।’ हो, जीवनको एउटा पाटो त आत्मसन्तुष्टि नै हो । तर अर्को प्रमुख र सामाजिक पाटो भनेको अर्थ र दर्जा हो । के साहित्यले धन र पद दिन्छ ? अभावको पासो फुकाउछ कि फुकाउदैन साहित्यले ? समस्याको नदी सुकाउछ कि सुकाउदैन साहित्यले ?

तिमी फुल्यौ भन्ज्यांग पारी

  • by

तिमी फुल्यौ भन्ज्यांग पारी म चै परेँ वारी
त्यो भन्ज्यांगको बिचमा पर्यो ठुलो काडा घारी !
काडा काटी आउ भन्दा च्यात्ला तिम्रो सारी
कसरि पो दिन रात काट्नु तिम्लाई माया मारी !!

BibekDulalChhetri-03

दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

  • by

यो दिलकुमारको इति बृतान्त हो । अर्थात दिलकुमार नेम्बाङ्गको कथा हो। पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ती पहिलो पल्ट टेकेको यो युवक आफ्नो बाजे र एक्ली आमाको पालन पोषणमा हुर्कियो। बाबु चाहिँ इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्धमा बितेपछि हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई मेट्रिकसम्म पास गराउन सफल भयो। क्याम्पस पनि गयो तर त्यसपछिको पढाइ चाहिँ बिचमा छोडि दियो दिलकुमारले। पढाइ छोड्नाको कारण कथामा तल आउछ। किनकि कथा भर्खर शुरू भएको छ, सकिएको छैन।

आज पनि तिम्रो फोटो हेरी रात काटेँ

  • by

आज पनि तिम्रो फोटो हेरी रात काटेँ
सम्झनामा शिरानी त्यो बेरी रात काटेँ ।

सपनामा आयौ तिमीसँग रमाउन
तिम्रो न्यानो भेट्न कोल्टे फेरि रात काटेँ ।

सानो संसार र होचा मान्छेहरू (बाल-एकांकी)

  • by

पात्रहरू ः-(१) उमेश (८ वर्षको बालक), (२) धनप्रसाद (८० वर्षका वृद्ध), (३) सन्तोष (३७ वर्षीय प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुवा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश ः- (धनप्रसादको मुख हेर्दै) हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?

धनप्रसाद ः- (झस्कँदै र मनमनै) अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।

काले (तीन मुक्तक)

  • by

(१)
धेरै छन् पीरव्यथा, बुझ्न बुझाउन गाह्रो छ
हुन्न कहिल्यै सोचे जस्तो, खै ! के तगारो छ ?
एक्लो मन एक्लो ज्यान यो मोरो ‘काले’लाई,
मानवलोक भन्दा त, मसानघाट प्यारो छ ।