फूल सम्झी टिप्न खोजें ओइलिएको पात रैछ
आफ्नो भनी साथ दिएँ कुल्ची हिंड्ने लात रैछ
सोचिरहें जीवनभरि होला एउटै मुटु भनी
तिमीलाई आफ्नो ठान्नु मात्र ठूलो घात रैछ
सानो ठूलो केही हुन्न भन्थ्यौ सबै बराबर
माया प्रीतिभन्दा ठूलो हेर उही जात रैछ
दुख अनि पीडासँग अश्रुधारा बगिरहेँ
साँचो माया भन्थें तिम्रो देखाउने दाँत रैछ
तनमन सुम्पिदिएँ तिमीलाई आफ्नो ठानी
मिठो कुरा गर्थ्यौ सधैं झुक्याउने बात रैछ

तपाईको गजल राम्रो लाग्यो
भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । THANKS
BISHNUTHAPA48@YAHOO.IN
ramro lagio ra hujur
ramro lagio ra hujur yeasheary ni aagadi badhunus la.