Skip to content

फूल सम्झी टिप्न खोजें


फूल सम्झी टिप्न खोजें ओइलिएको पात रैछ
आफ्नो भनी साथ दिएँ कुल्ची हिंड्ने लात रैछ

सोचिरहें जीवनभरि होला एउटै मुटु भनी
तिमीलाई आफ्नो ठान्नु मात्र ठूलो घात रैछ

सानो ठूलो केही हुन्न भन्थ्यौ सबै बराबर
माया प्रीतिभन्दा ठूलो हेर उही जात रैछ

दुख अनि पीडासँग अश्रुधारा बगिरहेँ
साँचो माया भन्थें तिम्रो देखाउने दाँत रैछ

तनमन सुम्पिदिएँ तिमीलाई आफ्नो ठानी
मिठो कुरा गर्थ्यौ सधैं झुक्याउने बात रैछ

2 thoughts on “फूल सम्झी टिप्न खोजें”

  1. तपाईको गजल राम्रो लाग्यो
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । THANKS
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *