राति १२ बजे
सुनसान रातमा,
मेरो माया उपर
जब तिमीले अस्वीकृति जनायौ…..
मुटु दुख्यो,
छाती चर्कियो ।
म रोएँ,
धेरै रोएँ,
र रोइरहेको छु….
लाग्छ,
मैले आज हारेको छु ।
र पनि तिमी उपर
मेरो माया रहिरहने छ…..
तर,
म भन्छु
इतिहाँस हार्नेको पनि लेखिनु पर्छ ॥
