Skip to content

तिम्रो यादमा आजभोलि नशा पिउदै छु

  • by
BikasBC


तिम्रो यादमा आजभोलि नशा पिउदै छु
स्मृर्तिका पानाभित्र छाती सिउदै छु

सम्हालेर राखेको थेँ कोपिलाको फूललाई
बोटबाट फूलझर्दा एक्लै जिउदै छु

हुर्काएर कोपिलालाई फुलाउने लक्ष्य थियो
ओईलिएर झरी जाँदा आज रुदै छु

जिन्दगीको गोरेटोले अन्तै पाईला टेक्दा
आजभोलि आफैँभित्र आफैँ कुद्दै छु

रतुलसीपुर दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *