चौबीसै घण्टा जहाजमा यात्रा !

  • by


ब्ल्याक सी मा कैयौ बिहान मैले बिताएको छु तर अहिले त्यो सम्झनाको गर्भमा छ । केही दशकको अन्तरालपछि फेरि यता केही वर्षदेखि समुद्रले मलाई लोभ्याउन थाल्यो । यो पछिल्लो नोस्टाल्जियाको केन्द्र त्रिवेन्द्रमको कोभलामबीच भएको छ ।

केटाकेटीदेखि प्रशस्त मात्रामा उत्तर भारत घुमिएको थियो भने यता एक दशकदेखि प्रत्येक वर्ष दक्षिण भारत जान थालेा, कहिले छोराछोरीलाई पुर्‍याउन, कहिले लिन, कहिले श्रीमतीसित त कहिले महेश आचार्यज्यूका परिवारसित । त्यसैगरी नगेन्द्रराज शर्मा, डा. ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटाहरू पनि बारम्बार मेरा सहयात्री भए ।

२७ पुस २०६४ मा नगेन्द्रराज शर्मा र ध्रुव सापकोटासहित हामी तीन जना अपरान्हतिर भैरहवा पुग्यौ, त्यहा शिव खत्री भाइ हामीलाई पर्खेर बस्नुभएको थियो । उहाले हामीलाई सन्तनु होटलमा लानुभयो । साझपख प्रकाश चित्रकार परियारसहित हामी पाचजना परेली रेष्टुरामा गई समय बितायौ । शाही शासनकालमा सहायक मन्त्री हुनुभएका चित्रकारजीसित मेरो तीन-चार दशक अघिदेखि नै घनिष्ठता थियो । उहाले हामीलाई भोलिपल्ट बिहान आˆनो घरमा खान बोलाउनुभयो । भोलि सााझसम्म हामीलाई गोरखपुर पुग्नु थियो किनभने गोरखपुरदेखि त्रिवेन्द्रमसम्म जाने राप्ती सागर एक्सप्रेस ट्रेन गोरखपुरबाट एकाबिहानै खुल्ने गर्छ ।

रमझमसहितको खाना त्यसमा कालिजको अचार ! यस्तो खाना पकाउनमा खप्पिस चित्रकारजीको दोस्रो पत्नी ठकुरी परिवारको । हामी सबैले मिठो खानाको लागि हृदयदेखि उहालाई धन्यवाद दियौ ।

भैरहवाका अर्का भाई भैरव जोशीले आˆनो सौहार्द देखाई गोरखपुर जानलाई गाडी साढे एघार बजे नै पठाएका थिए । हामी साढे एक बजे होटल पुग्यौा, दुई घण्टासम्म गाडी हामीलाई पर्खेर बसेको थियो ।

छ-सात वर्षअघि एकपटक यसैगरी डा. बलराम गौतमका परिवार, श्रीकृष्ण न्यौपानेका परिवार, शिव खत्रीका परिवार, कृषि विकास बैङ्कका तत्कालिन वरिष्ठ कर्मचारी वासु विष्ट, अर्थ मन्त्रालयका अफिसर बलराम सापकोटा, दक्षिण भारतको यात्रा निम्ति उहा सबैका ट्रेनका टिकट काट्दा, सङ्कटकालको कारणले वासु विष्टज्यू र बलराम सापकोटाज्यू जान पाउनुभएन अनि उहाको ठाउमा शिव खत्रीजीका सासू-ससुरालाई हामीले लगेका थियौ । ट्रेनमा बाटोभरि चेकिङ हुदा र उमेर तथा लिङ्ग नमिल्दा टिकट चेकरले जरिवानाको धम्की दिएपछि डा. बलराम गौतमले केही पैसा दिदै मिलाउने गर्नुभएको थियो तर भारतको कोयम्बटुरमा हामीलाई दुई हजार जरिवाना गरी छाडे टिकट चेकरले, हामीले आˆनो बचाउमा अनेक कुरा गर्दागर्दै पनि ।

डा. ध्रुवचन्द्र गौतम हामीसित जाने हुनुभएको थियो, त्यसैअनुरूप वीरगञ्जका नजिर खानले हामी चारै जनाको टिकट गोरखपुर त्रिवेन्द्रम अनि १५ दिनपछिको मद्रास गोरखपुरका टिकट काटेका थिए । जानुभन्दा सात दिनघि डा. गौतमले दुईवटा महत्त्वपूर्ण काममा आˆनो संलग्नता देखाए तापनि “म सकभर जान्छु र यी काम पछिलाई सार्छु” भनी मलाई मात्र होइन नगेन्द्रराज शर्मा, ध्रुव सापकोटालाई पनि भने ।

एउटा टिकट खेर फाल्न भएन, डाक्टर गौतमको ठाउमा उही उमेरको कसलाई लग्ने भन्ने सोच्दा सोच्दै सृजनजीको अनुहार एकाएक आयो । अर्कोकुरा के भने योभन्दा अगाडिको यात्रासम्बन्धी लेख पढेपछि सृजनजीले मलाई फोनमा “मिल्छ भने मलाई पनि अर्को पटक तपाईंहरूको यात्रामा सामेल गर्नुहोस्” भन्नुभएको थियो । मैले ध्रुवचन्दको ठाउमा उहालाई लाने विचार दिन र समयको साथै राप्ती सागर एक्सप्रेस लखनउ पुग्ने समय पनि बताएको थिए तर सृजन लम्सालजी नेपालगञ्जबाट भैरहवा आउनुभयो र हामीलाई दुई घण्टादेखि सन्तनु होटलमा पर्खिरहनुभएको थियो ।

१३ जनवरी बिहान राप्ती सागर एक्सप्रेस अलि ढिलो खुल्यो । ६३-६४ घण्टा लाग्छ त्रिवेन्द्रम पुग्न । गफ गर्दागर्दै समय बितेको पत्तै भएन, अनि ट्रेनमा जे-जे बेच्न ल्याइन्थ्यो त्यो पनि खान्थ्यौ अनि मन परेको कुरा स्टेशनमा देख्दा झ्यालबाट त्यो पनि किनिहाल्थ्यौ ।

लखनौ, कानपुर, झासी, भोपाल, नागपुर, विजयवाडा, मद्रास हुदै केही समयअघि कोयम्बटूर पनि पार गरिसकेका थियौ पछिल्ला ५८ घण्टामा ।

धेरैबेरदेखि म केही दक्षिण भारतीयहरूसित कुराकानी गरिरहेको थिए । तिनीहरूले भारतका ठाउ-ठाउ घुमेर धेरै जानकारी प्राप्त गरेको भनी मेरो बारे प्रतिक्रिया जनाउदै “एलेप्पी -ब्दिगशजब) घुमेका छौ कि छैनौ” भनेर सोधेपछि मैले ‘छैन’ भन्दा ‘अब एक-डेढ घण्टामा त्यो स्टेशन आउछ, त्यहा जहाजमा चौबीस घण्टे आरामदायी यात्रा गरिन्छ । खानाहरू टिकटमै समावेश हुन्छ, विदेशी पर्यटकहरू यो आरामदायी यात्रा गर्न आउाछन् । जहाज भने पनि ठूलो स्टिमर भने पनि दुई कोठा भएको पनि पाइन्छ । तिमीहरू चार जना छौा एउटा स्टिमरको लागि ठिक्क Û” तिनीहरूले भने ।

हामी चारै जनाले सल्लाह गर्‍यौ र एलेप्पी जाने निर्णय गर्‍यौ । बेलुकी भइसकेको थियो एलेप्ी िस्टेशन आउदा । सस्तैमा दुईवटा टेम्पोले दुई-तीन होटल देखाउने गरी लग्यो । सुरुमै लगेको जाकारिया रेसिडेन्सी कटेज मन पर्‍यो । रेट सोधेपछि दुई कोठाको आठसय भनेको सुन्दा आश्चर्य लाग्यो । दुवै कोठा एकअर्कासित एटेच्ड थिए र स्तरीय पनि । सामान टेम्पोमै भएकाले बार्गेनिङ गर्‍यौ। छ सयमा दुई कोठा दिन राजी भयो । उत्तर भारतमा कतै पनि यी दुई कोठालाई कम्तिमा पन्ध्र सय जति पर्छ ।

हामी प|mेस हुन थाल्यौ । यसबीच म्यानेजरले चारवटा कफी ट्रेमा बोकाएर ल्यायो र ‘कम्प्िलमेन्ट्र’ भन्दै “एउटा स्टिमर खाली राखेको छु तपाईं चार जनाको लागि आठ हजार लाग्छ, अनि तीनै छाकको खाना र बीचबीचमा चिया कफी सबै टिकटमै समावेश गरिएको छ । अर्डर अहिले गर्नुपर्छ” भनेपछि हामीले “सल्लाह गर्छौं भन्यौ ।

नगेन्द्रजीले काठमाडौबाट ल्याएको स्कच खोल्नुभयो । ध्रुव सापकोटा कि वियर वा वाइन मात्र खाने भएकोले उहाले खाने कुरै थिएन । सृजन लम्साल यी सबै कुराबाट टाढा । नगेन्द्रजीले फटाफट दुई पेग खादा म पहिलोमे थिए । मलाई खाना मन भएन, “यसो हल्का केही कुरा ल्याइदिनोस्” भनेपछि उहाहरू तीनै जना जानुभयो होटल अगाडिको रेष्टुरामा खान ।

म एक्लै हुदा म्यानेजर फेरि आयो र भन्यो, “एलेप्ी िमानिस आउाछन् कि त डुङ्गा प्रतियोगिता हेर्न, होइन भने बाह्रै मास, तीन सय पैंसठ्ठी दिन जलयात्रा गर्न आउछन् । ल म साढे सात हजारसम्म गर्न सक्छु भन्नोस नत्र म विदेशीलाई दिन्छु ।” मैले ‘साथीहरू खान गएका छन् तिनीहरू आएपछि भनुाला” भनेा ।

म्यानेजर बारम्बार स्टिमरको लागि भन्न आएकोले कमिशनको चक्कल ठूलै छ त्यसैले सस्तोमा हामीलाई कोठा उपलब्ध गराएको भन्ने लाग्यो यद्यपि हामी चारजनामध्ये एकले “त्यही चढ्न हामी यहा आएको तसर्थ साढे सात हजार भन्छ भने लिए हुन्छ” भने । मैले भनेा, “आज १५ तारिख, हाम्रो यहााबाट कहाा जाने निश्चित छैन, निश्चित मात्र के छ भने २७ तारिख मद्रासबाट राती साढे एघार बजे गोरखपुर र्फकने हाम्रो ट्रेन छ । तसर्थ भोलि पनि बस्न सकिन्छ यहाा । हामीलाई हतार के छ ?” मेरो कुरा सबैले माने । राति अबेला भइसकेको थियो, म्यानेजर आउन छोड्यो ।

भोलिपल्ट बिहान नगेन्द्रजी र सापकोटा बाहिरबाट चिया खाएर आइसकेपछि म र लम्सालजी चिया खान गयौ, अगाडिको रेष्टुरामा । मैले उपमा, बडा र कफीको अर्डर गरे । म्यानेजरले आफै लिएर आयो र भन्यो, “ट्रेकिङको लागि नेपाल प्रसिद्ध रहेछ, यहा आएका केही विदेशीहरू दिल्ली गएर ट्रेकिङको लागि नेपाल जान्छन् । ट्रेकिङको मतलब हिाड्ने होइन ? के यातायात छैन नेपालमा ?” मोटे काले म्यानेजरले यस्ता अनेक फाल्तु प्रश्न गर्‍यो जसको जवाफ दिन आवश्यक ठानेनौा हामीले ।

बाहिर निस्कने एउटा टेम्पो लियौ र “टुरिष्टहरू चढ्ने स्टिमर भएको ठाउामा लग” भनेपछि त्यो एरियामा हामीलाई लग्यो ड्राइभरले ।

त्यहाा हामी घेराबन्दीमा पर्‍यौ । कसैले आठ हजार, कसैले सात, कसैले छ हजार भने । मोटरसाइकिलमा रहेका दुई जनाले साढे पाच हजार भनेपछि हामीले तिनीहरूलाई स्टिमर देखाउन भन्यौ, ती दुई जना अघि-अघि मोटरसाइकिलमा, हामी टेम्पोमा पछिपछि गयौ । “यही सिटमर हो तपाईंहरूलाई” भनेर छेउमा रहेको स्टिमर देखाउदै स्टिमरको मानिसलाई बोलाए । जहाजभित्रबाट स्टिमरको एक मानिस आयो । तिनीहरूले स्थानीय भाषामा कुराकानी गरे । “म म्यानेजर हुा, २२-२३ घण्टाको सफर हुन्छ, खाना टिकटमा समावेश छ, ठिक्क एघार बजे खुल्छ, तपाईंहरू त्यो भन्दा पहिले आउनोस् र अहिले दुई हजार एडभान्स दिनुस्” भनेपछि मैले लम्सालजीलाई उक्त पैसा दिन भनेा । लम्सालजी हामी चारै जनाको हिसाब राख्नुहुन्थ्यो ।

स्टिमर ठिक्क टाइममा खुल्यो । म र नगेन्द्रजी एउटा कोठामा, ध्रुव सापकोटा र सृजन लम्सालजी अर्को कोठामा । कोठामा एटेच्ड बाथरुम । केही बेरपछि हामी बाहिर आयौा र ड्राइभर पछाडि एक हात तलको सतहमा टेबुलवरिपरि राखिएका कुर्सीमा बस्दै दृश्यावलोकन गर्न थाल्यौ । ड्राइभर पछाडि अग्लो सतहमा गलैचा ओछ्याएर त्यसमा तन्ना हालेर दुई वटा तकिया पनि हालेपछि सुरुमा दुई हजार बुझ्नेले हात जोडेर आफू म्यानेजर भएको र नाउ वेणु गोपाल हो भनेर आˆनो परिचय दियो तथा जहाजमा रहेका ड्राइभर, एक कुक र एक हेल्परको परिचय पनि गरायो र हास्दै “हामी पुग-नपुग चौबीस घण्टाको लागि एकै परिवारको सदस्य भएका छौ” भनेर बाकी साढे तीन हजार माग्यो । मैले जिस्किदै भनेा, एउटै परिवारको सदस्य भन्नुहुन्छ अनि परिवारकै सदस्यसित पैसा पनि माग्नु हुन्छ हामी दिदैनौ भनेपछि वेणुले” जहाजको मालिकलाई पनि “एउटै परिवारको सदस्य मैले भनिन नि, के गर्ने मालिकलाई पाच हजार बुझाउनुपर्छ अनि तपाईंहरूसित आउने दलाललाई पाच सय । टुरिष्टसित जति लिन सक्छन् त्यो तिनको काम हो । मालिकलाई पाच हजार बुझाउनै पर्छ । बरू अर्को पटक आउदा मेरो मोबाइलमा फोन गर्नुहोला, पाच हजारमै हुन्छ” भन्दै आˆनो भिजिटिङ कार्ड हामी सबैलाई दियो ।

दुब्लो, तालु अर्ध खल्वाट, श्याम वर्णको वेणु गोपाल मुस्कान छर्दै कुरा गथ्र्यो । म दक्षिण भारतीयलाई देख्नेबित्तिकै ‘पाट पाड्वा’ भन्ने गर्छु जसको अर्थ ‘लौ नाचौा’ भन्ने छ । तामिल, सिहाली, मलायलम र कन्नड भाषीहरू बुझ्दा रहेछन् यसको अर्थ । मैले पाट पाडवा भन्ने गीत गाउदा वेणु गोपाल नाच्न थाल्यो झुमी झुमी । यसबीच कुकले इडली साम्भर ल्याएपछि कफी र चियामध्ये रोज्न भन्दा हामी कफी भन्यौा ।

डेढ बजेतिरको लन्चमा समुद्री माछा सहितको खाना खुवाउछौ भन्यो वेणुले । हामी इडलीसित रमझम गर्न थाल्यौ । सापकोटाका निम्ति वियर हामीले स्टिमर चढ्न आउदा किनिसकेका थियौ ।

एउटा टापु देखियो । वेणुले ‘ताडी’ शब्द अभिव्यक्त गर्नको लागि अनेक कोसिस गर्‍यो, अनि टाढा नरिवलको रूख देखाएर माटाको घैटोको सङ्केत गरेर बोतल देखाउदै ठाडो घाटी लगाएर पिउने अभिनय गरेपछि ताडी तन्ने बुझियो र एक बोतलको ९० पर्छ भन्यो, हामीले दुई सय दिएर दुई बोटल ल्याउन भन्यौ । किनारामा स्टिमर रोक्न लगाएर झन्डै आधा घण्टापछि मिनरल वाटरको दुई बोतलमा ताडी ल्यायो । कस्तो गुलियो स्वादिष्ट, इटालीको ‘सिन्जानो’ जस्तो लाग्यो दक्षिण भारतको ताडी । पोहोर गोवामा डा. बलराम गौतमले ताडी ख्वाउादा अचम्म माने । त्यसतो अत्यन्त गुलियो ताडी मैले खाएको थिइन ।

एक-एक जना गरी सयौ जना बस्न हुने लामो डुङ्गा किनारामा राखिएको देखाउदै “यो ठाउमा प्रत्येक वर्ष डुङ्गा दौड प्रतियोगिता हुन्छ जुन तपाईंहरूले टी.भी. मा देख्नुभयो होला ।” वेणुले भनेपछि त्यो सबैले खिमयाउने डुङ्गा प्रतियोगिता हामी सबैले देखेका हौ तर यही हुन्छ भन्ने थाहा थिएन भनी आपसमा कुराकानी गर्‍यौ।

पााच बजेपछि स्टिर वा कुनै जहाज चलाउन वर्जित, किनभने पााच बजेपछि माछा मार्ने मछुवाराहरूको लागि बिहान छ बजेसम्मको समय सरकारले दिएको रहेछ । हाम्रो स्टिमर किनारा लाग्यो । वेणु गोपाल केही बेरपछि गायब भयो । राति खाना ल्याउने कुकलाई सोद्धा ‘ऊ आˆनो घर गयो, बिहान छ बजेसम्म आइपुग्छ’ भन्यो ।

सयौ स्टिमर ओहोर-दोहोर गरेको देखियो जसमा नब्बे प्रतिशतभन्दा बढी यात्रुहरू कुहिरे । छेउमा जुनसुकै स्टिमर चले पनि त्यसका यात्रुहरूले अर्को स्टिमरका यात्रुलाई हात हल्लाएर अभिवादन गर्ने । केही युवतीहरूले त ˆलाइङ किस पनि गर्ने । डुङ्गामा किनमेल वा सामान ओसार्ने स्थानीयवासीहरू पनि त्यत्तिकै स्मार्ट देखिन्थे ।

पर्यटकहरूलाई ल्याएर अरबियन सागरको एक निकास भएको बिशाल झीलमायी पर्यटकीय स्टिमर चल्ने गर्छन् जहा जलकुम्भी पनि ठाउ-ठाउमा देखिन्छ ।

बिहान वेणु आइपुग्यो, मैले जिस्किएर “कहा हरायौ ?” भनेर सोद्धा मुसुक्क हाासेर टाउको रहस्यात्मक किसिमले हल्लाउदै “घर गएको थिए” भन्यो ।

बिहान साढे ९ बजेतिर किनारामा ल्याई हामीलाई बिदा गरे, हाम्रा सामान छेउसम्म बोकेर । टिप्स दिन पथ्र्यो तर दिएनौ । टेम्पो चढेर बस स्ट्याण्डमा गई त्रिवेन्दम जाने बसमा बस्यौ । झन्डै पाच घण्टा लाग्यो त्रिवेन्द्रम पुग्न ।

होटलमा सामान राखेर आरिया निवासमा गईखाना खायौ । मलाई हतार भइसकेको थियो कोभलामबीच पुग्न । कोभलाम पुगेपछि म आनन्दले विभोर भए । नगेन्द्रजीले भन्नुभयो – “तिम्रो उमेर कति ? २५-३० वर्षका त पक्कै होइनौ, तर त्यस्तै देखियौ ।” उहाले कोभलामबीच प्रतिको मेरो नोस्टालजिया देखेर त्यसो भन्नुभएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *