बाहिर मुसलधारे पानी परिरहेको थियो । साउनको महिना । इन्द्रेदेव धरतीलाई खुशी भएर सेचन गर्दै थिए । दिल्लीको ट्रफिक, त्यसमाथि पनि पानी परेर सडकहरू जलमय भएका बेला त घन्टौ लाममा बस्नुपर्ने हुन्छ । त्यसैले दिउसो बाह्र बजेको जहाज भएतापनि म साढे आठ बजे नै अतिथि गृहबाट हिडे । गाडी कुनै रोकावट बिना नौ बजे नै विमानस्थल आइपुग्यो । बोर्डिङ् पास लिने मै पहिला भएछु । तल प्रतीक्षालयमा गएा । त्यहाा मबाहेक अर्को कुनै यात्रु थिएन ।
तापक्रमको प्रकोपबाट तर्सिएका दिल्लीबासीहरूका घर र कार्यालयमा पङ्खा र वातानुकूल (एयरकण्डिसन) स्वचालित हुन्छन् । नया दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा म भने जाडोले कठ्याङ्िग्रएकी थिए । विस्तारै एक/दुई जना स्वचालित भर्याङ्बाट ओर्लन थाले । अलि पछि
यात्रुहरूको सङ्ख्या थपिादै गयो । केही अफगानी महिला पुरुषहरू पनि आए उनीहरूको आˆनै विशेष पोषाक लगाएर केहीबेर पछि चारजना नेपाली पुरुषहरू पनि प्रतीक्षालयमा देखापरे । शायद म मात्र हु कि एक्लै यात्रा गर्ने जस्तो लाग्यो । मैले वरिपरि हेरेा । सबै आ-आˆना समूहमा थिए, सबै गफमा मस्त ।
नेपाली दाजुभाइमध्येका एकजना मेरो नजिकै आएर “काबुल?” भनेर सोधे । मैले उहााहरू नेपाली भन्ने अघि नै चाल पाइसकेकी थिएा ।
“होइन, काठमाडौा” मैले उत्तरदिए । प्रतिपश्न गर्ने त्यसदिन मलाई जाागर थिएन । जाडोले मेरो जाागर सबै जमाइसकेको थियो तर ती मानिस मेरो कुर्सीको छेउमा उभिएर कुरा गर्न थाले । पश्न पनि आफैा गर्थे उत्तर पनि आफैा दिन्थे ।
“ए बैनी काठमाडौ जाने ?”
“हो ।”
“यहाा पढ्न आउनुभएको ?”
“हो ।”
“अनि घर काठमाडौं नै हो ?”
“हो ।”
“बुबा-मुमा उतै हुनुहुन्छ ?”
“हो ।”
“छुट्टीमा जान लाग्नु भएको होला ।
“हो ।”
“यता जनकपुरीतिर बस्नुहुन्छ होला होइन”
“हो ।”
“के पढ्नुहुन्छ ? एम ए ?”
“हो ।”
“जे.एन.यू. मा होला होइन ? हाम्रो बाबुराम भट्टराई पनि त्यहीा पढेको रे नि । नेपालमा पनि अब नयाा सरकारले केही गर्छ कि भन्ने आशा छ । हेरौा । माओवादीलाई जनताले अब फेरि एक पटकसम्म चान्स दिन्छ । राम्रो काम गरेन भने त …. ।”
“हामी त हिजो काठमाडाैंबाट आएको । हिजो पहाडजञ्जमा त्यहाा साथीहरूसाग बसियो । अब आज काबुल जाने ।” बल्ल मैले बुझेा अफगानी मानिसहरू पनि त्यस प्रतिक्षालयमा किन आएका रहेछन् भन्ने कुरा । उनको गफ गर्ने उत्साह देखेर मैले नजिकै पल्लो छेउको कुर्सीमा बस्ने सङ्केत गर्दै भनेा । “दाइ बस्नुस् न” उनी पनि खुशी हुादै “हुन्छ” भनेर बसिहाले ।
होचो कद, स्वस्थ मोटो जिऊ, कोठे कमीज लगाएका ती मानिसले छत्रे छोपी माथि कालो चस्मा अड्काएका थिए । टोपी खोल्दा चस्मा पनि सागै आयो ।
“हामी त अफगानिस्तान हिाडेको बैनी Û” देब्रे हातले काखमा टोपी राखेर दाहिने हातले छोटो कपाल सुम्सुम्याउादै गम्भीर भएर भने ।
“ए” मलाई उनका कुरामा चाख लाग्यो ।
“अब नेपालमा बसेर पनि के गर्ने ? अस्ति पहाड घर पनि गएा । मेरो घर खोटाङ् हो । हाम्रो जिल्लाबाट तीस जना सचिव भइसके । हाम्रो गाउामा अहिलेसम्म बाटो बनेको छैन । एक दिनभरि हिाडेर जानुपर्छ । मलाई त कस्तो गर्मी पो लाग्छ त । म त सेन्डो मात्र लगाएर हिाडेको पहाडमा, काठमाडौामा मेरो जिउ देखेर त सबै हाासे । मेरो जिउमा त सेण्डोको दाग बसेछ । जिउ त पुरै कालो भएछ डढेर ।”
“अनि फेरि अफगानिस्तानमा कसरी बस्नुहुन्छ ? त्यहाा त गर्मी हुन्छ होइन ?”
“गर्मी त बैनी, कति कति नि । त्यो त मरूभूमि हो, डेजर्ट । हरियो कतै देख्न पाइादैन तर त्यहाा साग सब्जी कस्तो राम्रो हुन्छ । कति छिटो फलाउाछ तिनीहरूले मूला, पालक त दुई हप्तामै तयार हुन्छ । त्यो रातो मूला हुन्छ नि ? छिट्टै फलाउाछन् । ड्याङ् बनाएर रोप्छन् । अनि दुई दुई दिनमापानी लाउाछन् । त्यहााको माटो साग सब्जीको लागि राम्रो छ ।”
“ए, तपाईको परिवार कता छ ?”
“काठमाडौामै छ । मेरो छोरो २४ वर्षको भयो । अलि ढिलो बिहा गरियो । तपाईं कति ट्वान्टीसिक्स ? तपाईंको बुबा र म उस्तै उमेर होला । अब तपाईं पढेर काम गरेपछि म्यारिज गर्ने होला ।”
तीस नाघेको मानिसलाई छब्बीसको भनिदिादा रमाइलै लाग्दो रैछ । उनलाई ढिलो बिहा गरेकोमा पिर परेको होला भनेर भनेा “होइन, मेरो बुबा त साठी हुनुभयो ।”
“म त्रिपन्न, अब सात वर्ष छ साठी हुन । “उनलेहातमा औाला भााच्दै भने ।
मैले झोलाबाट चकलेट झिकेर उनीतिर हात बढाएा । उनले भने – “लौ बैनीले अप्ठ्यारो पारिहाल्नुभयो नि । “म नबुझेर अलमल्ल परेा ।
उनी जुरुक्क उठेर फोहर ˆयााक्ने डालोको छेउमा गए । मुखको सुर्ती पो ˆयााक्न गएका रहेछन् । पल्लोकुर्सीमा बसेका अर्का नेपाली हाासे । मैले तिनीतिर पनि चकलेटको बट्टा अघि सारेा । तिनले लिएनन् । शायद तिनको मुखमा पनि सुर्ती थियो होला ।
“नेपालीहरूले कति कमाउाछन् महिनामा त्यहा ?”
“पााच सयदेखि दुई हजार डलरसम्म कमाउाछन् । मेरो एकलाख जति हुन्छ । हाम्रो बैाकले दुई वटा ए टि एम कार्ड दिन्छ । एउटा मसाग अर्को मेरी श्रीमतीसाग हुन्छ । उसले उतै नेपालमा पैसा झिक्न पाउाछ ।”
ढोकामा जेट एयरबाट काठमाडौा जाने यात्रुहरूलाई बोलाइयो । हामी एक आपसमा सुखद यात्राको शुभभावना साटासाट गरेर छुट्टयिौा ।
जहाजमा खाने-पिउने कुरा किन्नुपर्ने रहेछ । ती दम्पत्ती पनि केही पिउन चाहन्थे । जहाजमा भारतीय रूपियाामात्र चल्दो रहेछ । उनीहरूसाग डलरमात्र रहेछ । सबै जना छलफल गर्न थाले । यताउता गर्ने जहाजका हरेक कर्मचारीसाग सोध्छन्, हामी भारतीय रूपियाा मात्र लिन्छौा भन्ने जवाफ आउाछ । उनीहरू अलमल्ल परेका थिए ।
मैले खसखस थाम्न नसकेर सोधिहालेा “तपाईंलाई के पिउन मन लागेको छ ?” छेउकी महिलाले भनिन् “पानी ।” मैले मेनुमा हेरेा पानीको पन्ध्र रूपियाा रहेछ । उनका श्रीमान्-तिर सङ्केत गरेर सोधेा “अनि उहााले के लिनुहुन्छ ?”
“कोला” जवाफ दिइन् उनले । मैले हेरे कोकको पच्चीस रूपियाा रहेछ । उनीहरू प्यासले छटपछिएका । संसारमै साम्राज्य जमाएको डलर भारतीय जहाजमा कागजको खोस्टो बराबर भयो । मसाग केही भारतीय रूपियाा थियो । मैले झोलाबाट एकसय भारू झिकेर दिएा । उनले अचम्म मानेर मतिर हेरिन् । मैले भनेा “तपाईं यो पैसाले किनेर खानुस न । “उनलाई अप्ठ्यारो लागेछ । मेरा कुरा आˆना श्रीमान्साग आˆनै भाषामा बताइन् । दुवै उक सय भारूको कति डलर हुन्छ भनेर हिसाब गर्न लागे । मैले भनेा “तपाईंहरू पिउन मन लागेको कुरा पिउनुस् । मलाई अहिले पैसा चाहिादैन । फिर्ता आएको पैसा मलाई दिए हुन्छ ।” ती महिला अझै किंकर्तव्य विमूढको स्थितिमा दिखिन्थिन् । दुवै जनाले धेरै छलफल गरे,मैले दिएको एकसय भारूको नोट हातमा लिएर ।
म झ्यालबाट बाहिर हेर्दै थिएा । पहाडहरू नजीकिए, नेपाली आकाशभित्र पसेकोमा आनन्द लागिरहेको थियो । एयर होस्टेजले दुईवटा स-साना बोटलका पानी ल्याएर दिइन् उनीहरूलाई । उनीहरू पनि कति सानो बोटल भनेर छक्क पर्दै पानी पिउन थाले । बोतल सानो एक गिलास पानी अटाउने उहेछ । धेरै छलफल पछि जहाजका कर्मचारीले डलर लिएछन् । उनले मेरो त्यो एक सयको नोट त्यसै खबरका साथै फर्काउादै भनिन्- “हाम्रो मुलुकमा यस्ता सहयोगी मानिस पाइन्नन् । नेपालका मानिसहरू कति असल हुादा रहेछन् ।” लामो सास तानेर तिनले फेरि भनिन्- “हामी कस्तो राम्रो ठाउामा आएछौ । नेपालीहरू सबै तपाईंजस्तै हुन्छन् ? “मैले हाासेर हो भने ।
एउटै यात्रामा दुई स्मरणीय घटना भए । पहिलाका अवकाशप्राप्त भारतीय सैनिकले पुर्खाको साहसी बलिदानले नेपालीको गौरव बढाएकोमा गर्व गरे अर्की महिला सहयोगका मेरो दुई शब्दका लागि ऋणी भएर नेपाली जातिको सुन्दर तस्वीर मनमा सजाएर स्वदेश फर्किन् । म पनि एकजनाको सत्कर्मले पुस्तौा पुस्ता र जातिलाई नै गौरवान्वित बनाउादोे रहेछ भन्ने कुरा मनमा गुन्दै विमानस्थलबाट बाहिरिए ।
