होलो कस्याँ ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
काम केइ नगरि ,भाग्यैलाइ दोस्याले होलो कस्या ?
बल्ल पैरया ठुणाँलाइ बार-बार ठोस्याले होलो कस्याँ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
आफना लाई मात्रै निको माण्याले होलो कस्याँ
इजा,बुवा रे गुरुलाइ व्यंग्य हाण्याले होलो कस्याँ ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
गलत गद्द्यालाइ छाडि निका मान्स लाई डाण्याले होलो कस्याँ ??
स्वार्थ कि खिचडी मात्रै फाण्याले होलो कस्याँ?
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
तल्ला घर मल्ला घर आग माणी लड्याले होलो कस्याँ ??
दुबली गाइले कनली झड्याले होलो कस्या ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
तेरो मेरो भणी हणाँहाँण गर्याले होलो कस्याँ ??
कर्म नगर्याइ सुदोइ कणाँकाँण गर्याले होलो कस्याँ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?
काम गरिरख्द्यालाइ सुल्ट्याँ- उल्ट्याँ घोच्याले होलो कस्याँ ??
कामचोरलाइ कस्याइँ लै पुरस्कार दिइसक्या हुन्थ्यो भणी सोच्याले होलो कस्याँ ?

– शिवराज कलौनी