विचार को बुलेट !!!
– शिवराज कलौनी
एउटा बुलेट !!!
विचारको बुलेट !!!!
हेर्दा देखिन्न !!! देखे बुझिन्न !!
मनको सिंहासन बाट मस्तिष्कको तार जोडेर बत्ती बल्दा
हृदय मा स्पन्दन गरेर भावुक बनाइ परिवेश सँग मीत लगाउने
महान !! शक्तिशाली !! क्षमतावान !!बुलेट !!
तरंग , तरंग मा फरकपन ल्याउने ज्वालामुखी प्रवृत्तियुक्त
बौद्धिक जमात मा आँधी,तुफान,कम्पन ,पराकम्पन छाँट्ने
जुन बुलेट संसारमा अमृत रस पान नगरेर पनि अजेय छ
हतियार ,शस्त्र ,अस्त्र हरुलाइ पराजित गराउने त्यो बुलेट
कसैैैको आयुर्वेदिक औषधि बनेर टप्किन्छ कतै
भने कमजोरहरुको अन्तरनिहित क्षमता उजागर गर्छ कतै
गल्ती एवं अपराध को पर्दाफास गर्ने ब्रह्मास्त्र सरि
सहि कदम मा काँध थापेर आवाज बुलन्द गर्ने
युगिन दासताबाट मुक्ति पाउनका लागि
दुइथरी वर्गको विभेद चिर्न शङ्ख्घोष गर्ने गाण्डिव सरि
तोप,गोला,बारुद बम र गोलिले होइन
बज्र,ब्रह्मास्त्र ,इन्द्रास्त्र ,अलौकिक हतियार ले नभै
निन्दनीय दुस्कर्म को निशानामा उर्लेर
अन्तरमनबाट निस्केको बिचारको बुलेट
जसले गलतको एकलौटी राज्य बन्न सक्छ हिरोसिमा
अनि बुनेको महाजाल को भुमिमा आउँछ
बर्षाको भेल झैँ पिडाबाट बनेको लिटिल ब्वाय
तब हावाहुरी ,आँधी,तुफान ,सुनामी सँगै
राज्यको कुशासन छटपटाएर कोल्टे ,उत्ताने
च्यातिएर नृसिंह अवतार सँग भिडेर धुजा धुजा धर्से बन्न सक्दछ
????????????????????????????????????????????????????
कसैले ले दुख ,यातना,पीडा सहेको विर्षन सक्छ
चरम यातनाको स्वाद रोटि,भात सँग लिएको सम्झनामा
कसैका लागि त्यो सम्झिन ब्राह्मी,सङ्खपुष्पी पनि कुरियर चाहिन्छ
अनि दासताका तस्विरको क्यामेरा रोल इमेल गरेको चाहिन्छ
सम्झनाको मझेरिमा कैयौं तन्नेरीले भोकै लड्दा
स्वार्थी विचारको अग्र पङ्क्ती मा रहेका हरु दहि च्युरे बन्दा
हिजोको बीउ आज फल बनिसकेको परिकल्पना गुल्टिदा
अझै क्रान्तिकारी वायुयान वायुमण्डल मा रहन सक्दछन
ल्यान्डिङ गर्ने ठाउँ नपाएर आकाशमा घुमिरहन सक्दछन
ती वायुयान हरु फ्युल बाँकी छँदै या त क्रेस हुनेछन
नत्र फ्युल बाँकी रहे एकपटक अवश्य अवतरण गर्नेछन् !!
????????????????????????????????????????????????
क्रान्तिको बिगुल फुकी शङ्खघोष गर्ने अर्जुन दृष्टि
आफ्नो दृढता कहिल्यै बिलाउन नदिने भीष्म हरु
पनि नभएका होइनन यहाँ
तर नक्कली सत्य हरिश्चन्द्र बनेर बाबारुपि ढोंग रच्नेहरु पनि मौजुद यहाँ
बाटा बाटामा टाटा मोटर गुडाइ रछान अर्काको आँखामा हाल्नेहरु पनि छन् यहाँ
बिम्ब बिम्ब मा प्रतिबिम्ब देखि सहि ज्ञानको ट्रान्समिसन गर्ने पनि छन यहाँ
अर्काको भलो देखि आगको ज्वाला भड्की उल्टै परावर्तन गर्ने पनि छन यहाँ
हो तिनिहरु सबैको यथार्थ चित्रण गर्न मेरो विचार को बुलेट
पर्दाफास गर्ने कोट लगाइ आइरहेको छ युद्ध भुमिमा
????????????????????????????????????????????????
आधुनिक मिसाइल भन्दा खतरनाक छ यो बुलेट
फाइटर विमान भन्दा छिटो यात्रा गर्छ यो बुलेट
डिजेल ,पेट्रोल ,हवाई इन्धन केही चाहिँदैन यसलाई
आफै सैर गर्छ यसले दुनियाँ को कुना कुनामा
कोरोना भाइरस भन्दा पनि छिटो फैलिन्छ
तर यो सबैलाई फोक्सो र घाँटीमा जाइ लाग्दैन
या त मन को बाटो भै मस्तिष्क को सिहासन बाट दिल मा जान्छ
बुलेट प्रूफ कभर ले रिजेक्टेड हुन्छ यो बुलेट
तैपनि छिया छिया पार्ने गुण नस्ट हुन्न
निमको तितो झैं भए पनि औषधिमय यो बुलेट
तैपनि यथार्थ चित्रण गर्ने शब्द नस्ट हुन्न
जय बिचार ,जय बुलेट !!!
