Skip to content

कविता

तिमी र म

गोधूलि साँझमा बाटोको पासमा
आफूलाई हेर्छु अनि हाम्रा पाइला हेर्छु
पाइला हेर्छु अनि तिमीलाई हेर्छु
सृष्टिको उषाकालमै जन्मेका हाम्रा कलिला पाइला
जति छिप्पिँदै जान्छन् उति एक अर्कासँग दूरी बढ्दै जान्छ
पाइला छिप्पिँदै जान्छन् दूरी बढ्दै जान्छ

अब नरोऊ आमा

छोराको वियोगमा कति आँशु बगाउँछौ आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देउ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।

समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।

मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ
गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ

शब्दको महत्व

शुद्ध शुद्ध नलेखेर अशुद्ध लेखियो भने
भावनाहरु उल्टन्छन् भावना छेकियो भने ।।

जेसुकै अर्थ लागेर हाम्रो भाव हराउँछ
अशुद्ध लेखिए मित्र कसले मन पराँउँछ ।।

काव्या

काव्या !
तिम्रो र मेरो सहयात्रा
परिमार्जन हुने भयो अब
स्वीकार गरौ काव्या
समयले हामीलाई
न टाढा हुने बनायो
न नजिक बस्न दियो
हाम्रो यात्रा यसरी नै हुने भयो ।

तिम्रो चर्चा

कुरा काट्नेहरुलाई काट्न देऊ
यो त हुर्किदै गरेका अबोध बच्चाहरुले किताब च्यातेजस्तै हो।
खानलाई सिक्दै गर्दा आफ्नै थाल वरिपरि जुठ्ठो छरेजस्तै हो
कोरोनाको बीचमा बिना खोलको मुखले बोले जस्तै हो।
समयले दिएको उपहार
चालेको प्रत्येक पाइलाहरू
बनाइरहेको हरेक वहानाहरू

सम्झनामा उदायौ

प्यारी मेरी हृदय सरसा प्रेमको ताज लायौ
खैची शोभा प्रकृतिभरको मोहनीमा भुलायौ
छाती भित्रै कुटिल नखरा चक्रचाली जलायौ
उर्जा भर्दै शुरभि चपला सम्झनामा उदायौ। ।

बा (कविता)

बा, सरल तर
गहन अर्थ बहन गर्ने शब्द
रहनसहन,पर्व संस्कार
लाग्छ बा सब हुन् ।
धर्तीपुत्र मेरा बा
बालखैमा बा गुमाएपछि
लाटी आमा र दिदीहरुकै मायामा
घाम होइन छायामा हुर्किए ।।

हे पिता (२)

सम्झून् सन्ततिले नित्य पिताको मुखमाधुरी
आफ्ना सन्ततिका लागि मुटु बाँड्छन् बरोबरी ।।

कसैको तुलना हुन्न आमाका ममतासँग
आमामा ममता हुन्छ स्नेह हुन्छ पितासँग ।।

नेपाली कविता: बार्दलीमा खुर्सानीको बोट

माटो एकै,
कौशी र बोट पनि एकै
रोप्ने व्यक्ति एकै,
पानी र स्याहार गर्ने पनि एकै,
छिमेकीले दिएको बोट एकै,
खुर्सानीको आकार भएन एकै,
गुण एकै,
स्वाद र पिरो नहुन सक्छ एकै,
मेरो बार्दलीमा खुर्सानीको बोट एकै ।

बुहारी

खलपत्रै गोरी होइन
सुट्टिसाह्रो काली पनि होइन,
धेरै अग्लो पनि होइन
पुडकी त झन् हुँदै होइन,
कम्मर छिनेको पनि होइन,
झलक्क हेर्दा
गालामा खोपिल्टा परेको

डाक्टर र म

उस्तै गाउँमा,
उस्तै ठाउँमा,
जन्मिएका हामी ।
उस्तै स्कुलमा,
अक्षर चिनेका ।
वर्णमाला किताव उस्तै,
सरस्वतीको तस्विर भएको ।
त्यो पनि थाङ्ग्नु,
उसको काकाले,
मेरो दाजुले,
सांवा अक्षर चिनेर,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक छ ।
म आग्रह गर्छु,
ऊ आदेश दिञ्छ ।
म आशा खोज्छु,
ऊ निराशा दिञ्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न पनि चाहन्न ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरू छुट्टै ।
मेरो रोगको विषयमा,
उसलाई म केही भन्दिन ।
किनकि,
ऊ जीवनको भाषा बुझ्दैन ।
म विज्ञानको भाषा बुझ्दिन ।
तर ऊ चतुर छ,
मेरो रोगको गहिराई नाप्छ ।

पक्कै ऊ आदर्शको पहाड चढेको हुन पर्छ

पैतालामा ठेलाहरू छन्,
पक्कै ऊ
आदर्शको पहाड
चढेको हुन पर्दछ।
दुनियासँग जितेर बाँच्न,
पक्कै ऊ आफू
आफैसँग लडेको हुनपर्छ।

SubashRai-02

मझेरी

दुर्लभ कथाहरू
मन र मायाको
साँचेर बसेको छु
मनको मझेरीमा
गोडेर चिल्ला परेको छु
आँगनका डिलहरू
तर कुनै फूल सारेको छुइन
मात्र तिम्रो बाटो पर्खेको छु

ParbatiRaut

भन्नलाई गाह्रो हुन्छ

भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
यिनै बन्छन् कलेजोलाई टुक्र्याउने छुरा

औशिको सूर्यलाई पनि चन्द्रमाले छेक्छ
बत्ती तलको अँध्यारोलाई कसले पो देख्छ

SujanBudhathoki-02

मेरो काका, भाइ र म

मेरो काका दिनभरिको व्यापार सकिएपछि
प्राय:हरेक रात
र साँझ
जसरी भए पनि चोकको भट्टी जानुहुन्छ
र लमतन्न हुने गरी
टन्न रक्सी खानुहुन्छ ।

आत्माज्ञान

राम्रो कुरा मात्र सिकेरआऊ
खराबका सङ्गतमा नजाऊ
माझेर आत्मा अझ शुद्धपार
पाइन्न यो जीवन बारबार ।।१।।

शोचेर मात्रै नित कामगर्नू
खरावको सङ्गत नै नगर्नू
गल्ती कतै हुन्छ भने समाऊ
मीठो नमीठो सब खाद्य खाऊ ।।२।।

कोरोना भागी जा, फुँ मन्तर !

कोभिड १९ को नाउँमा
क्वारेन्टाइनमा राखेका छन्
मृत्युका लस्करहरू
अनि उस्तै सतर्कता अपनाएर
बढेका छन्
कमिसनका तस्करहरू
होसियार हुनु है, निर्धन जनता हो ।