कविता
अब नरोऊ आमा
छोराको वियोगमा कति आँशु बगाउँछौ आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देउ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।
समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।
मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ
गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ
डाक्टर र म
उस्तै गाउँमा,
उस्तै ठाउँमा,
जन्मिएका हामी ।
उस्तै स्कुलमा,
अक्षर चिनेका ।
वर्णमाला किताव उस्तै,
सरस्वतीको तस्विर भएको ।
त्यो पनि थाङ्ग्नु,
उसको काकाले,
मेरो दाजुले,
सांवा अक्षर चिनेर,
चिल्थो बनाएको ।
तर,
उसको र मेरो,
भाषा फरक छ ।
म आग्रह गर्छु,
ऊ आदेश दिञ्छ ।
म आशा खोज्छु,
ऊ निराशा दिञ्छ ।
तर उसको आदेश,
म सजिलै बुझ्दिन।
र बुझ्न पनि चाहन्न ।
उसको विज्ञानको भाषा ।
मेरो जीवनको भाषा ।
सायद लिपिहरू छुट्टै ।
मेरो रोगको विषयमा,
उसलाई म केही भन्दिन ।
किनकि,
ऊ जीवनको भाषा बुझ्दैन ।
म विज्ञानको भाषा बुझ्दिन ।
तर ऊ चतुर छ,
मेरो रोगको गहिराई नाप्छ ।

शुद्ध शुद्ध नलेखेर अशुद्ध लेखियो भने
काव्या !
बाहिर निस्केका
कुरा काट्नेहरुलाई काट्न देऊ
प्यारी मेरी हृदय सरसा प्रेमको ताज लायौ
बा, सरल तर
माटो एकै,
खलपत्रै गोरी होइन
प्रविधिको जमाना रे अचेल
दुर्लभ कथाहरू
भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
मेरो काका दिनभरिको व्यापार सकिएपछि
कोभिड १९ को नाउँमा