तिम्रो प्रपञ्च, मेरो सौगन्ध
तिम्रो रजाइँ, मेरो जुधाइ
तिम्रो हासो, मेरो दृश्यावलोकन
तिम्रो पासो, मेरो सिंहावलोकन
जहाँ तिम्रो हेराइ, त्यतै मेरो नजर
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म सम्राट तिम्रो !
तिम्रो नागपास, मेरो ब्रह्मपास
तिम्रो खासखास, मेरो आसपास
तिम्रो चक्रव्यूह, मेरो ब्रह्मरन्ध्र
तिम्रो हुकुम, मेरो आर्डर
तिम्रो उद्देश्य, मेरो लक्ष्य
तिम्रो “इस्क किया”, मेरो “गदर”
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म बाहुबलि तिम्रो !
तिम्रो षडयन्त्र, मेरो सपोर्ट एभ्री टाइम
तिम्रो करौति, मेरो चुलेसी
तिम्रो प्रतिसोधात्मक मात्र, मेरो सुधारात्मक
तिम्रो विम्बपरक, मेरो भावपरक
तिम्रो अहमतापूर्ण, मेरो सौहार्दपूर्ण
तिम्रो घोप्ट्याउने नीति, मेरो उठाउने नीति
तिम्रो दमनात्मक नीति, मेरो कदर
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म राजा तिम्रो !
तिम्रो कुटिल चाल, मेरो साम्य चाल
तिम्रो एकतर्फी “म” जाल, मेरो सर्व प्रति हाल
तिम्रो “एकोह म द्वितियो नास्ति”, मेरो “व्यर्थमा किन हो सास्ति”
तिम्रो मोहको चक्का, मेरो दोहाको चक्का
तिमी पुरि सेलका कुरा गर्छौ, म आयुर्वेद र बेलका
तिमी आफूलाई पूर्ण ठान्छौ, म आफूलाई अधुरो
तिमीले आफूलाई पाको ठान्छौ, म त आफू कच्चा
तिमी आफूलाई कपुर सोच्छौ, तर दुर्गन्ध फैलाउछौ
किनभने म आफूलाई सुधार्न चाहन्छु !
सुधार भित्र पनि म गरिरहन्छु कदर
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म सहङ्साह तिम्रो !
शिवराज कलौनी
भि न पा ३ कञ्चनपुर
