Skip to content


यहाँ अनेक थरी भेटे
अलिअलि गरी सबैले लुटे
हातले नभए नि कुराले कुटे
अनिमात्र म बाँच्न जुटे

आफन्त पराई सबै भेटे
कुरा मनका दुई चार साटे
आज सबैले मेरो गिदी चाटे
घाटि नसके नि मेरो मन रेटे

फेरि आज जीउन आँटे
दुःख मैले धेरै काटे
कति कुरा आँसुले मेटे
बैरागी मनका दुई शब्द साटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *