प्रिय,
ढुङ्गाहरूसँग मुटु हुँदैन
ढुङ्गाहरूसँग मन हुँदैन
ढुङ्गाहरू घर बनाउन काम लाग्छन्
ढुङ्गाहरू मन्दिर बनाउन काम आउँछन्
तर
ढुङ्गाहरू दुख्दैनन्
ढुङ्गाहरू रुँदैनन्
ढुङ्गाहरू पग्लिदैनन्
घरसँग मुटु पनि हुँदैन
मन्दिरसँग मन पनि हुँदैन
ढुङ्गालाई
‘प्रिय’ भन्ने शब्द नै अपि्रय हुन्छ
त्यसैले त ढुङ्गाहरू
चिहानमा चढ्दा पनि रुँदैनन
आगोमा बाल्दासमेत बल्दैनन्
भो, म अब ढुङ्गा खरिद गरेर
घर बनाउन्न !
-पोखरा