१.
जब मन्द मुस्कान छर्यौ अनि लठ्ठिएँ म
आँखा सङ्काइ नजिक् सर्यौ अनि लठ्ठिएँ म
दुनियाँको आँखा छारो हाल्नलाई मात्र
मुख बिगार्दै आँखा तर्यौ अनि लठ्ठिएँ म
२.
तिमीले एक्लै छोड्यौ भने खै म के गरौँला ?
बाटो अन्तै मोड्यौ भने खै म के गरौँला ?
विश्वासले टिक्ने न हुन् आखिर सम्बन्ध नि
माया बाचा तोड्यौ भने खै म के गरौँला ?
गोपाल खनाल
नुवाकोट, हाल: पोखरा–११
२०७७–०३–२२
