पाएको थें खुशी सारा दिलाउने साथी शरण आँसु गजल by Sharan aansuNovember 1, 2010पाएको थें खुशी सारा दिलाउने साथी च्यातिएको मुटु सँगै सिलाउने साथी ! थाहा छैन कहाँ गयो, कता हरायो – उकालीमा चिसो पानी पिलाउने साथी ! सिमलीको छाया मुनि सितलमा बसी निदायो कि घैया बारी जिलाउने साथी ! सालको पात बजाउँदै झर्यो कि त बेसी दु:ख परे पनि सधैं झिल्मिलाउने साथी !
जसै बङ्गको रंग छाडेर आयें मोतीराम भट्ट गजल by kbsOctober 31, 2010जसै बङ्गको रंग छाडेर आयें । तसै फागुको रंगमा म हरायें ।। विनोदको अहा आज खोज्दैछु माला । नपायेर साह्रै दुखी भै करायें ।।
जिन्दगी बूँद राना गजल by kbsOctober 31, 2010सेती हो जिन्दगी काली हो जिन्दगी । बग्न नजाने गन्दा नाली हो जिन्दगी ।।
चाहिन्छ बूँद राना गजल by kbsOctober 31, 2010दुनिया हेर्न फराकिलो नजर चाहिन्छ ठाउँमा पुग्न भरोसाको सफर चाहिन्छ
र त गजलकार भएँ बूँद राना गजल by kbsOctober 31, 2010मरूभूमिमा परे र त गजलकार भएँ बूँदको निम्ति मरेँ र त गजलकार भएँ गजल पैला सुनौँ नत भन्ने स्रोतामा सलाम पैले गरेँ र त गजलकार भएँ
एक रात माँगेको हुँ कृसु क्षेत्री गजल by kbsOctober 31, 2010हुन त तिमीसँग एक रात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ
तीन हाइकु (असार) बेद पौडेल हाइकु by kbsOctober 31, 2010१)असार हिले खेतमा गुन्यु छोटो पारेकी खेताल्नी दिदी
तिहारमा आउँला दिदी कृष्ण के श्रेष्ठ "काल्स" गजल http://www.dolakhanepal.blogspot.com/ by kkskalsOctober 30, 2010सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी दशैंमा त आइन म तिहारमा आउँला दिदी साथीसंगी सबै मिली गाउँ शहर डुलीडुली देउसी भैलो रमाएर तिहारमा गाउँला दिदी तेलझैं नसुकियोस अनि लामो आयु होस भन्ने आशिष धेरै तिहारमा पाउँला दिदी
माइतीले भुल्यो भनी नरुनु है दिदी तीर्थ (यात्री) पौडेल गजल by kbsOctober 30, 20109 Commentsसयपत्री फूलको माला नउन्नु है दिदी माइतीले भुल्यो भनी नरुनु है दिदी। नहेर्नु है मेरो बाटो साँझ बिहानीमा बटुवालाई, आउँदै छ कि? नसोध्नु है दिदी। सात समुद्रपारि छु म अर्कै दुनियाँमा भुल्यो यसले चेलीलाई न भन्नु है दिदी।
काली आज कहाँ गई तीर्थ (यात्री) पौडेल गजल by kbsOctober 28, 2010काली आज कहाँ गई चौतारीमा आउँदिन कि ? माया गर्छु भन्थी हिजो चोखो माया लाउँदिन कि ? मेला पात दाउरा घाँस सल्लेरीमा गाई चराउँदा पात बजाउदै गित उसले हिजो आज गाउँदिन कि ? सातु चिउरा लिई आउँथी बन पाखामा गाई गराउँदा माया गरी आफैं हातले काफल गेडी ख्वाउँदिन कि ?
झुपडीको कुनै भर छैन स्वप्निल नीरव गजल by kbsOctober 28, 20103 Commentsभनेकै हुँ ऐस आराम सुनको घर छैन जीर्ण-जीर्ण छ यो झुपडीको कुनै भर छैन घरीघरी किन ताक्छौ धारे हातले मलाई छर छिमेक आफन्तको रत्तिभर डर छैन पराई तिमी आफ्नो हुँदा आफ्ना पराई भए हेर्छन छड्के सबैले कसैको राम्रो नजर छैन
यो मनलाई अझै कति जलाऔँ म (गजल) बसन्त सुबेदी गजल by Basanta SubediOctober 26, 2010तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म आफैंलाई आफैंभित्र कति दिन छलाऔँ म ।। पीडाहरू बल्झिदिँदा आँसु त्यसै झरिदिँदा निर्जीव यो ठुटो शरिर कति दिन चलाऔँ म ।।
साँझपख एकान्तमा बसन्त सुबेदी गजल by Basanta SubediOctober 26, 2010April 17, 20211 Comment साँझपख एकान्तमा तिमीलाई भेटुँ लाग्योएक आपसको धैर्यताको रेखा मेटुँ लाग्यो ।। Read More »साँझपख एकान्तमा
गजल बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल http://www.facebook.com/notes/kshitij-shrestha/gajala/453291249756 by kshitij shresthaOctober 26, 2010किन झुक्यो नजर भन्थे,लाजले पो रैछ । किन काप्यो ओठ भन्थे,मातले पो रैछ ।। बैसाखको गुराँस झै,बैस फुल्न थाल्यो किन बज्छ संगीत भन्थे,बातले पो रैछ ।। नागबेली चाल गरि,हिड्छ्यौ मस्की मस्की
हजार चोटी मर्छ मान्छे तीर्थ (यात्री) पौडेल गजल by kbsOctober 24, 2010आफू मात्र बाच्नलाई हजार चोटी मर्छ मान्छे छक्का पन्जा नानाभाँती तिगडमहरू गर्छ मान्छे । म नै ठुलो जान्ने भन्छ अहंकार बोक्छ सधै स्वार्थ पूर्ति गर्नलाई सारै तल झर्छ मान्छे । नांगै आयो यो धर्तीमा नांगै हुन्छ जाँदाखेरी के सोच्छ खै आफूलाई आफ्नै कुटी भर्छ मान्छे ।
अर्को भाइटिकामा आउँला चेली खगेन्द्र खिलाफी गजल by kbsOctober 24, 2010जसरी नि अर्को भाइटिकामा आउँला चेली त्यसै बेला देउसे भैलो पनि गाउँला चेली सप्तरङ्गी टिका सयपत्री मखमलीको माला थाती राख अर्को भाइटिकामा लाउँला चेली हर्ष उल्लास झैं झिलिमिलि दिपावली गर्दै एकै साथमा हामी फन्के रोटी खाउँला चेली तस्बीर: फलानो डट कम
अपराधीहरू भन्छन् कपिल अन्जान गजल by kbsOctober 23, 20101 Commentभगवान हाँसी रहेछ अपराधीहरू भन्छन् सजाय फाँसी रहेछ अपराधीहरू भन्छन् कैदी भयौं जुन दिन कारागारमा आयौं मृत्यु बाँकी रहेछ अपराधीहरू भन्छन् उसलाई के को चिन्ता घर परिवारको सुकुमबासी रहेछ अपराधीहरू भन्छन् यहाँ आएर थाहा भयो दुःख के हो जिन्दगी विलासी रहेछ अपराधीहरू भन्छन्
प्रिय ! तिम्रो आँखा पनि यति पोखियो शरण आँसु गजल by Sharan aansuOctober 23, 2010प्रिय ! तिम्रो आँखा पनि यति पोखियो कि आज त्यही आँसुले मेरो सबै पाप चोखियो कि आज ! झरी पर्न थालेपछि तिम्रो आँखामा- धरतीमा घाम आउने बाटो रोकियो कि आज ! दुवै मिली जोड्यौं कति मायाँ जिन्दगीमा- जोड्दा जोड्दै मायाँ सित मायाँ ठोकियो कि आज !
पत्र पुरानै रामविक्रम थापा गजल न्यूज टुडे by nandalal.acharyaOctober 23, 2010पत्र पुरानै मात्र खाम नयाँ दिन उस्तै हो मात्र घाम नयाँ । खै, के फरक भो हिजो र आज शब्द फेरियो मात्र नाम नयाँ । नयाँ बोतलमा रक्सी पुरानै मान्छे उही हुन् मात्र लाम नयाँ ।
तीन हाइकु कृष्ण के श्रेष्ठ "काल्स" हाइकु by kkskalsOctober 22, 20104 Comments१ जोख्न सकिन सामान जस्तै मैले उनको माया २ जोतिएको छु गोरुभन्दा नि बढी जापानी काम